कम्बोडिया आगलागीमा मृत्यु भएका पाण्डेको अन्त्येष्टि
काठमाडौं । कम्बोडियामा आफू बसेको होटलमा आगलागी भएपछि झ्यालबाट हाम फाल्दा ज्यान गुमाएका झापाका निराकर पाण्डेको शव झापा ल्याइएको छ ।
कम्बोडियामा १४ पुसमा भएको भीषण आगलागीमा ज्यान बचाउन १२ औं तलाबाट हाम फाल्दा मृत्यु भएका उनको शव शुक्रबार काठमाडौं आइपुगेको थियो । शनिबार दिउँसो साढे १२ बजे विर्तामोड निवासमा शव ल्याइएलगत्तै कनकाई नदीको तटमा अन्तिम संस्कार गरिएको छ ।
मृतक पाण्डे विर्तामोड नगरपालिका–१ वडाध्यक्ष अग्नि पाण्डेका छोरा समेत हुन् । मृत्युअघि घरपरिवारसँग उनले गरेको भावुक कुराकानी सामाजिक सञ्जालमा भाइरल भएको थियो । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि परिवारका सदस्यहरुलाई भेटेर शव ल्याउन सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।
बीबीसीका अनुसार घटना भएको दिन राति ११ बजेदेखि पाण्डे बसेको होटल क्यासिनोमा आगलागी भएको थियो । पाण्डेले मृत्यु हुनु अघि परिवारलाई बताए अनुसार आगो लागेपछि उनलाई करिडोरमार्फत माथि जान सुझाइएको थियो । तर, करिडोरमा समेत आगो लागि सकेकाले झ्यालबाट हाम फाल्नुको विकल्प थिएन ।
ज्यान जोगाउन भोलिपल्ट बिहान ४ बजे हामफाल्दा उनको मृत्यु भएको थियो । पाण्डे व्यवसायको सिलसिलामा भिजिट भिसामा कम्बोडिया गएका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
