• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

किन अझै सार्वजनिक भएको छैन राष्ट्रिय जनगणनाको प्रतिवेदन ?

बीबीसी । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालको जनगणनाको पूर्ण प्रतिवेदन तयार पारिसकेको भए पनि “राजनीतिक कारण” ले गर्दा त्यो सार्वजनिक हुन नसकेको बुझिएको छ ।

हालै प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइएको यो निकायले सार्वजनिक गर्ने प्रतिवेदन नेपालको राष्ट्रपति चयनका लागि हुने निर्वाचनसँग पनि जोडिएको छ ।

केन्द्रीय तथ्याङ्क विभागबाट राष्ट्रिय तथ्याङ्क कार्यालय बनेको यो निकायका अधिकारीहरूले भने जनगणना प्रतिवेदन सार्वजनिक गर्ने तयारी भइरहेको दाबी गरेका छन् ।

“प्रधानमन्त्रीको समय मिल्नेबित्तिकै त्यसलाई सार्वजनिक गर्ने भन्ने योजना हो,” कार्यालयका निर्देशक ढुण्डिराज लामिछानेले भने, “अब आउँदो हप्तातिर हुन्छ कि ।”

कार्यालयले गत पुस १३ गते नै जनगणनाको पूर्ण प्रतिवेदन सार्वजनिक गर्ने योजनासहित त्यसका लागि तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवासँग समय लिइसकेको अधिकारीहरूले यसअघि बताएका थिए ।

तर प्रतिवेदन सार्वजनिक हुनुअघि नै प्रधानमन्त्री परिवर्तन भए । पुस १० गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि सार्वजनिक कार्यक्रम रोकिएको लामिछानेले स्वीकार गरे ।

तात्कालिक प्रधानमन्त्री देउवाको शुभकामनासहित तयार गरिएको प्रतिवेदनमा त्यसलाई हटाएर प्रचण्डको शुभकामनासहित तयार गर्न यो कार्यालयलाई केही समय लाग्यो । अहिले तथ्याङ्क कार्यालयले जनगणनाको पूर्ण विवरण सार्वजनिक गर्न उनको समय लिने प्रयास गरिरहेको छ ।

“नतिजा सार्वजनिक गर्न एक प्रकारले तयारी अवस्थामा छौँ । प्रमुख अतिथि लगायतका व्यवस्थापकीय काममा अल्झिरहेको हुनाले केही समय लागिरहेको छ । अब एउटा औपचारिक कार्यक्रम गरेर यसलाई सार्वजनिक गर्ने सोच छ,” कार्यालयका प्रवक्ता मनोहर घिमिरेले भने ।

राष्ट्रपति निर्वाचनसँग कसरी जोडिन्छ ?
राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन सम्बन्धी कानुनमा सङ्घीय सांसद र प्रदेशसभा सदस्यको मतभार फरक फरक हुने उल्लेख छ । यस्तो मतभार नेपालको जनगणना २०६८ लाई आधार मानेर कानुनले तय गरेको छ ।

यो निर्वाचनमा भने वि।सं। २०७८ सालको जनगणनाको नतिजाका आधारमा त्यस्तो मतभार निकाल्नुपर्ने सम्भावना भएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले यसअघि बीबीसीलाई बताएका थिए ।

जनगणनाको प्रतिवेदनले राष्ट्रपति निर्वाचनको मतभार निर्धारणमा असर गर्न सक्ने र नयाँ जनगणना प्रतिवेदनअनुसार मतभार बढाउनु पर्ने हुन सक्ने अधिकारीहरूको विश्लेषण छ ।

प्रधानमन्त्रीको समयका कारण मात्रै जनगणना प्रतिवेदन नरोकिएको दाबी गर्दै कार्यालयका प्रवक्ता घिमिरेले भने, “समय त प्रधानमन्त्रीले नदिने भन्ने प्रश्न भएन । एक पटक हामी आफैँ पनि यो तथ्याङ्कलाई केलाऔँ भन्ने पनि लाग्यो,” प्रवक्ता घिमिरेले भने ।

“यसका असरहरू अन्य राजनीतिक व्यवस्थापनमा तत्काल प्रभाव पारेर केही समस्या सिर्जना नहोस् भन्नेतर्फ पनि हामी सचेत छौँ,” उनले थपे । उनले आसन्न राष्ट्रपति निर्वाचनतर्फ पनि कार्यालयको ध्यान पुगेको दाबी गरे ।

“असर गरिहाल्ने त देखिँदैन तर ऐन कानुनमा पुरानो जनगणनाको अङ्कहरूलाई प्रयोग गरेको छ । त्यो संशोधन गर्नुपर्ने होला । त्यस्ता केही प्राविधिक जटिलताहरू नआउन् भन्नेतर्फ पनि ध्यान चाहिँ पुगेको छ,” उनले भने ।

कार्यालयका प्रवक्ता घिमिरेले राष्ट्रपति निर्वाचनकै कारण जनगणना प्रतिवेदन नरोकिएको बताए । “ऐनमा त्यस्तो छ भने पनि रोकेर होइन समस्या समाधान गरेर जानुपर्ने हो । हामीलाई त्यो कारणले रोकिएको हो भन्ने जानकारीमा छैन,” उनले भने ।

उनका अनुसार कार्यालयले अहिले प्रदेशको प्रतिवेदन पनि तयार गरिरहेको छ र जनगणना प्रतिवेदन सार्वजनिक भएकै दिन वेबसाइटमा पनि राख्ने तयारी पनि भइरहेको छ ।

जनगणना २०७८ को पूर्ण विवरणमा के हुन्छ ?
एक वर्षअघि तात्कालिक तथ्याङ्क विभागले सार्वजनिक गरेको जनगणना २०७८ को प्रारम्भिक विवरण अनुसार नेपालको अनुमानित जनसङ्ख्या २,९१,९२,४८० थियो । यो सङ्ख्या १० वर्षअघिको जनगणना भन्दा २६ लाख बढी हो ।

प्रारम्भिक नतिजामा महिला र पुरुषको मात्रै सङ्ख्या छुट्टाइएको तर जनगणनाको पूर्ण विवरणमा महिला, पुरुष र अन्य लिङ्गका मानिसहरूको जनसङ्ख्या सहित थप विवरणहरू हुने लामिछानेले जानकारी दिए ।

उमेर अनुसारको जनसङ्ख्या
रोजगारीको अवस्था
शैक्षिक अवस्था र साक्षरता
जन्मदर र मृत्युदर
बसाइसराइको विस्तृत विवरण आदि

राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कमा नेपालको जनसङ्ख्या वृद्धिदर एक दशकमा झन्डै ३१ प्रतिशतले घटेको देखिएको थियो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.