आजकै दिन पत्ता लागेको थियो विश्वको ठूलो हिरा
काठमाडौँ । सन् १९०५ मा आजकै दिन जनवरी २५ मा दक्षिण अफ्रिाकामा विश्वकै सबैभन्दा ठूलो हीरा ‘कुलिनान’ पत्ता लागेको थियो । ट्रान्सभल प्रान्तको प्रिटोरियास्थित खानीमा भेटिएको हीराको नामकरण खानी सञ्चालक सर थोमस कुलिनानको नामबाट गरिएको हो । उक्त हीरा ३ हजार १०६. ७५ क्यारेट (६२१. ३५० ग्राम) को हो ।
खानीमा भेटिएपछि कुलिनानले हीरा ट्रान्सभल सरकारलाई बिक्री गरेका थिए । सरकारले पछि बेलायती राजा एडवार्ड छैटौंको जन्मोत्सवमा उक्त हीरा उपहार दिएको थियो । त्यसलगत्तै हीरा अफ्रिकाबाट लन्डन पुर्याइएको हो ।
हीरा नेदरल्यान्ड्सको राजधानी आम्टर्डमस्थित ‘हाउस अफ एस्चेर’ का जोसेफ एस्चेरले पालिस गरेका हुन् । १८३३ मा ९७१ क्यारेटको एक्सेल्सर हीरा काटेर पालिस गरेका एस्चेरले ६ महिनाको अध्ययनपछि मात्र कुलिनानलाई टुक्रा पारेका हुन् ।
९ वटा मुख्य तथा अन्य १०५ साना टुक्रामा विभाजित हीराको सबैभन्दा ठूलो टुक्रा ५३०. २१ क्यारेटको छ । कुलिनान–१ ग्रेट स्टार अफ अफ्रिका नामकरण गरिएको हीरा हाल विश्वको सबैभन्दा ठूलो हो । यसको हालको मृत्यु ४० करोड अमेरिकी डलर रहेको छ ।
त्यस्तै, ३१७. ४० क्यारेटको कुलिनान–२ दोस्रो ठूलो टुक्रा हो । एडवार्डले राजदण्ड, श्रीपेच तथा अन्य गहना बनाउनका लागि कुलियान–१ र कुलियान–२ को प्रयोग गरेका थिए । यी हीरा अन्य रत्नहरूसँगै हाल बेलायतको ‘टावर अफ लन्डन’ मा राखिएको छ ।
सम्बन्धित समाचार
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

