साउनयता उपत्यकामा भए ६० आगलागीका घटना
काठमाडौं । साउनयता उपत्यकामा ६० वटा आगलागीका घटना भएका छन् । दमकल कार्यालय काठमाडौंले दिएको जानकारीअनुसार यो महिना सबैभन्दा बढी आगलागीका घटना भएका छन् । फायर कमान्डर नरेशराज कुँवरका अनुसार यो महिनाको १० गतेसम्म ५ वटा आगलागीका घटना भएका छन् ।
तीमध्ये सबैभन्दा ठूलो सोमबार राती ललितपुर महानगरपालिका–३ स्थित सिहिटीमा भएको थियो । राती करिब साढे ९ बजे कृष्ण अधिकारीलगायतले सञ्चालन गरेको डाइपर गोदाममा आगलागी हुँदा करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको थियोे ।
आगलागीलगत्तै ललितपुर महानगरपालिकाको दमकल पुगेको थियो । सो दमकलले आगलागी नियन्त्रण गर्न नसकेपछि कामपाको दमकल पनि पुगेको थियो । साढे ९ बजेबाट लागेको आगो मंगलबार बिहान साढे ४ बजे नियन्त्रणमा आएको कामपा दमकल प्रमुख प्रकाश पण्डितले भने ।
उनका अनुसार शुरूमा कवाड कारखानामा आगलागी भएको थियो । त्यहाँको आगलागी नियन्त्रण भएको अनुमान गर्दागर्दै डाइपर गोदममा आगलागी भयो । सो आगलागीबाट करिब ३ करोड रुपियाँ बराबरको क्षति भएको दमकल प्रमुख पण्डितको भनाइ थियो ।
त्यसअघि विद्युत् सर्ट भएर ३ र अन्य दुईवटा आगलागीका घटना भएको कुँवरको भनाइ छ । यो महिनामा मैतीदेवी, बालाजु, चावहिल र धोवीघाटमा आगलागी भएको थियो । साउनमा ३५, भदौमा र असोजमा २०–२०, कार्तिकमा २४, मंसिरमा २१ र पुसमा २३ वटा आगलागीका घटना भएका छन् ।
तीमध्ये विद्युत् सर्ट भएर ५५, ग्यास लिक भएर ८ र अन्य २६ आगलागीका घटना भएका छन् । फायर कमान्डर कुवँरले अघिल्लो वर्ष विद्युत् सर्ट भएर ३ सय ५५ र ग्यास लिक भएर १ सय ८१ र अन्य ७३ वटा घटना भएको जानकारी दिए । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।
सम्बन्धित समाचार
कृषि यान्त्रीकरणमैत्री नीति बनाउन माग गर्दै कृषि मन्त्रीलाई नामियाको १५ बुँदे ज्ञापनपत्र
हाम्स ग्रुपद्वारा नेपालमा विश्वप्रसिद्ध क्यूजे मोटरका मोटरसाइकल तथा स्कुटरहरू सार्वजनिक
आज पनि पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभाव कायम रहने
नयाँ प्रविधि र दमदार पावरसहित नेपालमा आयो भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी
नेपाल फिनटेक एक्स्पो २०२६ मा आइएमई खल्तीको सहभागिता — तीन दिनमा विभिन्न नयाँ सेवा सार्वजनिक गर्दै डिजिटल वित्तीय इकोसिस्टम विस्तार
सामान्य अंकले बढ्यो नेप्से,कारोबार रकमसमेत बढ्यो
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
