Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १२
सुनको मूल्य अहिलेसम्मकै उच्च, कति पुग्यो तोलाको ?

काठमाडौँ । बिहीबार सुनको मूल्य बढेको छ । बुधबार तोलामा एक सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला सात सय रुपैयाँले बढेको हो । आज सुनको मूल्य प्रतितोला एक लाख ७ हजार रुपैयाँ पुगेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख छ हजार नौ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख छ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख छ हजार दुई सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार सात रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला १३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

बुधबार चाँदी प्रतितोला १३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो। बुधबारको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेको हो। आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १९ सय ४८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Top Changing Nepal

युट्युब सट्स