नागरिकता आजै प्राप्त गरे गृह मन्त्रालयमा रवि लामिछानेलाई पठाउने पार्टीको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले गृह मन्त्रालयको नेतृत्व आफ्नै दलले लिनुपर्ने अडान लिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद हुन अयोग्य ठहर गरेको थियो । अदालतको आदेशबमोजिम लामिछाने सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । अदालतले लामिछानेको दुवै पद खारेज गरिदिएपछि सो दलमा सन्नाटा छाएको थियो ।
लामिछानेले एकैपटक तीन महत्वपूर्ण गुमाएका थिए । उनी सबैबाट पदमुक्त भएपछि पार्टीले कार्यावाहक सभापतिमा भने डिपी अर्याललाई नियु्क्त गरेको छ । रविलाई अदालतले नागरिकता पूनः प्राप्ति गर्न भनेको छ । अहिले यो समाचार तयार पार्दै गर्दा लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता पूनः प्राप्तिको लागि पुगेका छन् । उनले आजै नागरिकता पाउने सरकारी अधिकारीहरुको दाबी छ ।
उनले आजै नागरिकता प्राप्त गरे आफ्नो दलले पाएको गृहमन्त्रालयमा पूनः लामिछानेलाई नै पठाउने सो दलका नेताहरुको तयारी छ । संविधानतः सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्दा कुनै आपत्ति हुने छैन् । सो दलले चितवन–२ मा हुने उपनिर्वाचनमा पूनः रविलाई नै उठाउने तयारी गरिसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन राजी भएका छन् । सम्भवतः आजै लामिछाने गृहमन्त्रीमा नियुक्त हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री दाहालसँग लामिछानेले आज नागरिकता प्राप्त गरेपछि भेट्ने कार्यतालिका रहेको छ । नागरिकता प्राप्त गरेपछि भने लामिछाने पार्टीको सभापतिमा नियुक्त हुनेछन् । उनी गृहमन्त्रीमा नियुक्त भए जतिसक्दो चाँडो चितवन–२ मा उपनिर्वाचन हुनेछ ।
सम्बन्धित समाचार
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
चक्रवात ‘अर्नब’को असर तीव्र बन्दै, भोलि भारी वर्षाको जोखिम
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
एलजी वाटर प्युरिफायरले नेपाली बजारमा बढाउँदै आफ्नो लोकप्रियता
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
