नागरिकता आजै प्राप्त गरे गृह मन्त्रालयमा रवि लामिछानेलाई पठाउने पार्टीको तयारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले गृह मन्त्रालयको नेतृत्व आफ्नै दलले लिनुपर्ने अडान लिएका छन् । सर्वोच्च अदालतको संवैधानिक इजलासले रवि लामिछाने सांसद हुन अयोग्य ठहर गरेको थियो । अदालतको आदेशबमोजिम लामिछाने सांसद र मन्त्रीबाट पदमुक्त भएका थिए । अदालतले लामिछानेको दुवै पद खारेज गरिदिएपछि सो दलमा सन्नाटा छाएको थियो ।
लामिछानेले एकैपटक तीन महत्वपूर्ण गुमाएका थिए । उनी सबैबाट पदमुक्त भएपछि पार्टीले कार्यावाहक सभापतिमा भने डिपी अर्याललाई नियु्क्त गरेको छ । रविलाई अदालतले नागरिकता पूनः प्राप्ति गर्न भनेको छ । अहिले यो समाचार तयार पार्दै गर्दा लामिछाने जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा नागरिकता पूनः प्राप्तिको लागि पुगेका छन् । उनले आजै नागरिकता पाउने सरकारी अधिकारीहरुको दाबी छ ।
उनले आजै नागरिकता प्राप्त गरे आफ्नो दलले पाएको गृहमन्त्रालयमा पूनः लामिछानेलाई नै पठाउने सो दलका नेताहरुको तयारी छ । संविधानतः सांसद नभएको व्यक्ति ६ महिनासम्म मन्त्री बन्दा कुनै आपत्ति हुने छैन् । सो दलले चितवन–२ मा हुने उपनिर्वाचनमा पूनः रविलाई नै उठाउने तयारी गरिसकेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली लामिछानेलाई गृहमन्त्री बनाउन राजी भएका छन् । सम्भवतः आजै लामिछाने गृहमन्त्रीमा नियुक्त हुनसक्ने अनुमान गरिएको छ । प्रधानमन्त्री दाहालसँग लामिछानेले आज नागरिकता प्राप्त गरेपछि भेट्ने कार्यतालिका रहेको छ । नागरिकता प्राप्त गरेपछि भने लामिछाने पार्टीको सभापतिमा नियुक्त हुनेछन् । उनी गृहमन्त्रीमा नियुक्त भए जतिसक्दो चाँडो चितवन–२ मा उपनिर्वाचन हुनेछ ।
सम्बन्धित समाचार
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
बाढीपीडितको उद्धारमा एनआईएमबी एस क्यापिटल र एनआईबीएल इक्विटी पार्टनर्सको रु. ५६ लाखभन्दा बढी सहयोग
आकाशिँदै सुनको भाउ, तोलामा ३ लाख ५ हजार ४ सय
यामालले पूरा गरे ५०औँ गोल, हालान्डको रेकर्ड भने कायमै
विपद् व्यवस्थापनमा नेपाल र नेशनल मेडिकल कलेजको ७५ लाख सहयोग
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

