धनुषामा पर्खाल भत्काएर ६ थुनुवा फरार
काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरको इलाका प्रहरी कार्यालयको थुनुवा कक्षको पर्खाल भत्काएर ६ जना फरार भएका छन् । आइतबार राति करिब २ बजेदेखि ४ बजे समयको बीचमा अभियुक्तहरू थुनुवा कक्षको पर्खाल भत्काएर फरार भएका हुन् ।
जीर्ण तथा पुरानो भवनमा रहेको थुनुवा कक्षको पर्खाल भत्काएर लागु औषधमा पक्राउ परेका १ जना, हात हतियारमा पक्राउ परेका २ जना तथा अभद्र व्यवहारमा पक्राउ परेका ३ जना फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाको डिएसपी प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।
प्रहरीका अनुसार लागु औषधमा पक्राउ परका क्षिरेश्वरनाथ नगरपालिका ५ का विनोद कुमार शर्मा, हातहतियारमा पक्राउ परेका मिथिला नगरपालिका ६ का रोशन साह र शंकर साह तथा अभद्र व्यवहारमा पक्राउ परेका क्षिरेश्वरनाथ नगरपालिका २ का अमित मण्डल, रोशन मण्डल र मिथिला नगरपालिका २ का हरिदेव सिंह फरार भएका हुन् ।
अभियुक्तहरू फरार भएपछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर बेचन यादव उपर आवश्यक अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए । उनले भवनको पर्खाल कमजोर भएकै कारण भत्काएर उनीहरू फरार भएको हुन सक्ने बताए । उनीहरूको खोजबिन तीव्र गतिमा भइरहेको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
