• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ असार २०८३, सोमबार
०१ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
  • ११ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १३ घण्टा 

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने
  • १७ घण्टा 

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १७ घण्टा 

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
  • १ दिन 

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
  • १ दिन 

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • २ दिन 

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
  • २ दिन 

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • २. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ३. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • ४. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • ५. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

  • ६. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ७. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

  • ८. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • ९. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

पहिलो अन्तर्राष्ट्रिय नेपाली ‘रियालिटी शो’ अमेरिकाबाट सुरु, प्रथम हुनेलाई एक करोड

जानकारी केन्द्र २०७९, माघ, १६

काठमाडौं । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ ।

इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको आयोजनामा हुने यी दुवै शोको संसारभरका लागि पहिलो अडिसनको फाउण्डेशनका अध्यक्ष डिल्ली अधिकारीले शनिबार राति अमेरिकाको ओहायो राज्यको कोलम्बस सहरमा उद्घाटन गर्नुभएको हो ।

अमेरिका र क्यानडाका विभिन्न सहरबाट कोलम्बसमा भेला भएका प्रतिस्पर्धी, उनीहरुका आफन्त र स्थानीय नेपालीभाषी समुदायको उपस्थितिमा उद्घाटन भएका दुवै शोको पहिलो अडिसन आइतबार साँझ सम्पन्न भएको हो ।

अमेरिका र क्यानाडाका गरी गायनमा एक सय ८७ र नृत्यमा ७६ प्रतिस्पर्धीले सहभागिताका लागि आवेदन दिएका थिए । नेपालको पहिलो अन्तर्राष्ट्रियस्तरको यो पहिलो अडिसनमध्ये गायन विधामा सर्वाधिक अङ्क ल्याउने १५ प्रतियोगी ‘साइट्लेस अडिसन’का लागि छनोट भएका छन् । उनीहरुबीच काठमाडौँमा प्रतिस्पर्धा हुनेछ ।

नृत्यका लागि भने अमेरिकाको पेन्सिलभेनिया राज्यको ह्यारिसवर्ग सहरमा फेब्रुअरी ५ मा अर्को अडिसन हुने तय भएको छ । सो अडिसनबाट टप १२ छनोट गरी नेपालको साइटलेस अडिसनका लागि पठाइने आयोजक संस्था फाउण्डेनका अध्यक्ष अधिकारीले जानकारी दिनुभयो ।

मेरो भ्वाइस युनिभर्समा अमेरिकाबाट छानिने १५ उत्कृष्ट प्रतियोगीमा ओहायो राज्यको सिनसिनाटी सहरका टेक दुधराज, टेक्सासबाट मोनरथ तिवारी, कोलम्बसबाट तारा तिवारी, ओहायो पटसकलाबाट सागर सुवेदी, क्लिभल्याण्डबाट मोनी दियाली, पेन्सिलभेनियाबाट जीवन गुरुङ, केन्टकीबाट मन्जु लामा, केन्टकीकै राजेश सुब्बा, न्यू ह्याम्सायरबाट मनिष हुमागाईं, केन्टकीबाट प्रनिम राई, आहायोबाट टेक ढुङ्गेल, एक्रोनबाट किस्सन भुजेल, इरी पेन्सिलभेनियाबाट नैन मगर, भर्मण्ट मोन मगर र योर्क सिटीबाट सिद्धान्त आले छानिएका छन् ।

अमेरिका र क्यानडाको लागि भ्वाइसमा सङ्गीतकार तथा गायक केशव पौडेल, गायिका नलिना चित्रकार र गायक अर्जुन रसाइली तथा नृत्यका लागि नायक दिलीप रायमाझी, नृत्य प्रशिक्षक शङ्कर विसी र नृत्य प्रशिक्षक नरमान राई निर्णायक मण्डलमा हुनुहुन्थ्यो ।

उद्घाटनका अवसरमा अध्यक्ष अधिकारीले विश्वभर छरिएर रहेका नेपालीभाषी समुदायका गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभा पहिचान गर्नका लागि विश्वस्तरीय प्रथम अन्तर्राष्ट्रिय दुईवटा रियालिटी शोहरु ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सुरु गर्दा आफूलाई गर्व लागेको बताउनुभयो ।

नेपालभित्र र संसारको जुनसुकै कुनामा बसेका भए पनि नेपाली कला, संस्कृतिप्रति अगाध आस्था र विश्वास राख्ने हरेक नेपालीले आफू रहेकै स्थानमा विश्वभर परिचय बनाउन यी शोहरुले उपयुक्त अवसर दिने उहाँले बतउनुभयो ।

अध्यक्ष अधिकारीका अनुसार, दुवै शोमा प्रथम हुनेलाई जनही रु एक करोड रकम पुरस्कार दिइने छ । उहाँले यति ठूलो धनराशि पुरस्कार भएको नेपाली रियालिटी शो यो नै पहिलो भएको पनि जानकारी दिनुभयो ।

छरिएर रहेका नेपाली मूलका अर्थात् नेपालीभाषीबीचको साझा सांस्कृतिक चौतारी बन्न सकोस्, नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्न सकियोस् र नेपालीभाषी प्रतिभालाई जहाँ रहेका भए पनि आफ्नो संस्कृतिमा गर्व गर्नसक्ने अवसर प्रदान गर्न सकियोस् भनेर यी शो आयोजना गरिएको उहाँको भनाइ थियो ।

अमेरिकामा गैरनाफामूलक समाजसेवी संस्थाका रुपमा दर्ता भएको यो फाउन्डेशनमा अधिकारीसहित नेपालीभाषी भुटानी युवा व्यवसायी सहभागी छन् । नेपाली भाषा, संस्कृति, चाडपर्व र रीतिरिवाजको अधिकार खोज्दा भुटानबाट लखेटिएर आफ्नौ पितृभूमि नेपालमा शरणार्थी जीवन बिताउनुपरेकाले संसारको जुनसुकै कुनामा जुनसुकैरुपमा पुगे पनि आफ्नो भाषा, संस्कृति र पहिचानलाई पुस्तौँसम्म अघि बढाउन सो संस्था लागिपरेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

कार्यक्रममा सेन्ट्रल ओहायो नेप्लिज एसोसिएसनका प्रमुख संरक्षक तथा ओहायोस्थित चिकित्सक डा दामोदर पौडेलले प्रवासमा नेपाली कला संस्कृतिको उत्थान र संसारभरका प्रतिभालाई एउटै थलोमा प्रतिस्पर्धाको मौका दिने फाउण्डेसनको कामको सराहना गर्नुभयो ।

सो फाउण्डेसनका प्रवक्ता केशव आचार्यका अनुसार, अमेरिका र क्यानडाबाहेक विश्वका अन्य मुलुकका लागि रजिष्ट्रेसनको अन्तिम मिति यही जनवरीको ३१ सम्म राखिएको छ भने युरोपको अडिसन बेल्जियममा फेब्रुअरी ११ र १२ मा हुनेछ । उहाँले सबै प्रतियोगी नेपाली मूलका हुनु अनिवार्य रहेको र प्रतियोगी नेपालीभाषी हुनुपर्ने पनि जानकारी दिनुभयो ।

फाउण्डेसनले दुवै प्रतियोगिताका लागि प्रतियोगीको उमेर १८ वर्ष पुगेको हुनुपर्ने, अडिसनको समयमा अडिसनस्थलमा नै प्रतियोगीको उमेर खुलेको आधिकारिक परिचयपत्र देखाउनु पर्ने, दुवै प्रतियोगिताका प्रत्येक इपिसोड नेपाली संस्कृति र राष्ट्रिय भावनाको प्रस्तुतिबाट सुरुआत गरिने र प्रत्येक इपिसोडमा नेपाली कला र सांस्कृतिक क्षेत्रका बरिष्ठ व्यक्तित्व एवं कलाकारको सम्मान गरिने पनि जानकारी दिनुभयो ।

अडिसनबाट छनोटमा परी अमेरिका, क्यानडा, युरोप, थाइल्याण्ड, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्सको दुबई र भारतबाट प्रस्तुतिका लागि नेपाल जान पाउने सबै प्रतियोगीको यात्रा खर्च फाउण्डेशनले नै भुक्तानी दिने र टप ४० भित्र पर्ने प्रतियोगीका लागि खाना र होटल खर्चको व्यवस्था गरिने र नेपाल र भारतबाहेकका अरु देशबाट प्रतियोगिताका लागि नेपाल जाने प्रतिस्पर्धीका लागि आवासको व्यवस्था पनि गरिने आयोजकले जनाएका छन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?
सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

ताजा

सुनको मुल्यमा लगातार वृद्धि, कतिमा हुँदैछ कारोबार ?

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

आज तराईमा आंशिक बादल लागे पनि गर्मी अत्याधिक हुने

२०८३ असार ०२ गते मंगलबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.