युवकले पेट्रोल छर्केर लगाए आगो : दुई वर्षे छोराको मृत्यु, श्रीमती गम्भीर
जानकारी केन्द्र
२०७९, माघ, १६
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र पत्नीलाई पेट्रोल खन्याएर आगो लगाएका छन् । कोहलपुर-१ शक्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले पत्नी गंगा बिक र दुई वर्षका छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका हुन् ।
बुवाले लगाएको आगोले जलेर प्रिन्सको गए राति नै मृत्यु भएको बाँकेका एसपी सन्तोष सिंह राठौरले जानकारी दिए । आइतबार राति १ बजे उपचारको क्रममा नाबालकको मृत्यु भएको हो । गंगा विकको घाँटी र ढाडमा जलेको छ ।
उनको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार हुँदैछ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गए राति पक्राउ गरिएको एसपी राठौरले जानकारी दिए ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

