Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, माघ, १९
नौ किलो सुनसहित क्यानडाका नागरिक पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलोग्राम सुनसहित क्यानडाका नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयको टोलीले युनाइटेड अरब इमिरेटस्९यूएइ०को दुबईबाट सुन लिएर नेपाल आएका क्यानडाका नागरिक ३५ वर्षीय मोहम्मद कमल माहगोबलाई गए राति चेकजाँचका क्रममा पक्राउ गरेको हो ।

कार्यालयका प्रमुख अरुण पोखरेलका अनुसार प्लाई दुबईको एफ(२५७३ मार्फत काठमाडौँ आएका उनलाई गए राति १२ बजे पक्राउ गरिएको हो ।

उक्त घट्नाबारे अनुसन्धान भइरहेको पोखरेलले बताए ।

Top Changing Nepal

युट्युब सट्स