राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले आफ्नो पार्टी गृह मन्त्रालयको अडानबाट पछि नहट्ने बताएका छन् । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकपछि बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता ढकालले पूर्वसहमति अनुसार गृह मन्त्रालयमा आफूहरूको स्वभाविक दाबी भएको बताए ।
उनले रास्वपाले गृह मन्त्रालय पाइराख्दा व्यक्ति को पठाउने भन्ने विषयमा भने पार्टीले निर्णय गर्ने बताएका छन् । ‘गृह मन्त्रालय हाम्रो पार्टीले पाएको जिम्मेवारी हो । यो अडानबाट हामी पछाडि हट्दैनौं । र पार्टीबाट को व्यक्ति पठाउने भन्ने कुरा पार्टीको निर्णयको अधिकार हो । अन्य व्यक्ति वा पार्टीले यो पठाउनुपर्छ भन्ने होइन,’ उनले भने ।
गृह मन्त्रालय पाउँदा सांसद कि गैरसांसद पठाउनुहुन्छ भन्ने पत्रकारको प्रश्नमा प्रवक्ता ढकालले भने, ‘जब प्रधानमन्त्रीले हाम्रो सभापतिलाई मन्त्रीको लागि नाम पठाउनुस् भन्नुहुन्छ । त्यसपछि पार्टी बैठक बस्छ र निर्णय गर्छ ।’
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
