• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२९ जेठ २०८३, शुक्रबार
२९ जेठ २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १६ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १६ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ५ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ५ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ५ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

ललितपुरको एक तीर्थस्थल, जहाँ कालले पनि गरेको थियो तपस्या

जानकारी केन्द्र २०७९, माघ, २०

काठमाडौं । ललितपुर धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त जिल्ला हो । यहाँ विभिन्न मठमन्दिर तथा तीर्थस्थल छन् । विभिन्न तीर्थस्थलमध्ये आफ्नै ऐतिहासिक महत्त्व बोकेको मन्दिर हो कालेश्वर महादेव ।

प्रशासनिक तथा राजनीतिक विभाजनअनुसार ललितपुरको मध्यभागमा कोन्ज्योसोम गाउँपालिका दक्षिणपूर्वी भेगमा महाङ्काल र दक्षिण–पश्चिम भेगमा वाग्मती गाउँपालिका पर्दछ ।

महाङ्काल गाउँपालिका–२ गोटीखेलको अग्लो पहाडको टुप्पोमा अवस्थित छ कालेश्वर महादेव । कालेश्वर महादेव ललितपुर जिल्लाकै एक प्रमुख पर्यटकीय गन्तव्य हो, एक महत्त्वपूर्ण तीर्थस्थल हो, जहाँ कालले पनि तपस्या गरेको थियो भन्ने किम्बदन्ती छ ।

स्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार सतिदेवीको मृत्युपछि महादेवले उनको मृत शरीर बोकेर विश्व भ्रमण गर्दा हालको कालेश्वरमा आई कण्ठ पतन भएको थियो ।

प्राचीनकालमा त्यस ठाउँमा काल पुरूषले महादेवको दर्शनका लागि शिला स्थापना गरेर कठोर तपस्या गर्दा गोटीखेलको घडघडा नदी र मसानखोलाको सङ्गमस्थलमा रहेको वैतरणी नदीको जल र सिसवनमा रहेको अलौकिक चुनढुङ्गाको चन्दन घोटी लगेर यस पहाडको टुप्पोमा चढाउने गर्दथ्यो ।

तपस्या थालेको धेरै वर्षपछि पौष शुक्ल नवमीको मध्यरातमा महादेव प्रकट भई कालपुरुषको तपस्याबाट प्रभावित भएर तिमीले स्थापना गरेको शिवलिङ्ग तिम्रै नाममा प्रख्यात हुनेछ भनी वरदान दिएको र उसैको नामबाट स्थापित भएकोले कालेश्वर महादेव भनिएको भन्ने भनाइ छ ।

कालेश्वर महादेवलाई ललितपुरको प्याङ्गाउँवासी आफ्ना आराध्यदेवका रूपमा लिएर कुलदेवताका रूपमा पुज्ने गर्दछन् । समुद्र सतहबाट करिब दुई हजार नौ सय मिटरको उचाइमा रहेको यस मन्दिरमा हरेक चैत पूर्णिमाका दिन मेला लाग्ने गर्दछ ।

यस दिन प्याङगाउँलगायत ललितपुर, काभ्रे तथा मकवानपुर जिल्लाका हजारौँ भक्तजन दर्शनका लागि उपस्थित हुने गर्दछन् । प्याङगाउँमा रहेको आंगःछे (देवस्थल) मा हरेक महिनाको औँसी र चतुर्थीको दिनको दुई पटक पूजा हुन्छ, जुन कालेश्वर महादेवकै आंगःछे हो ।

यसलाई कालेश्वर महादेवकै प्रतिमूर्तिको रूपमा ल्याएर प्रतिस्थापन गरिएको हो । तर यहाँभित्र जोसुकै जान मिल्दैन, यसका निश्चित नीतिनियम छन् । आंगःछे भित्र मूल पूजारी, गुठियार तथा नाइकेहरू मात्र जान पाउँछन् ।

प्याङ्गाउँका नेवार पहिले ललितपुरको शङ्खु (हाल कोञ्ज्योसोम गाउँपालिका–२) मा बसोबास गर्थे । पौराणिककालमा प्याङ्गाउँलाई शङ्गु भनिन्थ्यो । हाल प्याङ्गाउँमा रहेको पाटी (फल्चा)मा अरिमल्लको पालाको शिलापत्र भेट्न सकिन्छ ।

गाउँमा बसी आएकालाई नेवारहरूले गामों भन्दछन् । प्याङ्गाउँवासीलाई पनि चापागाउँ बजार, ठेचो, पाटनलगायतकाले पहिले पहिले गामों वा गामल भन्थे । पछि २०२१ सालतिरदेखि उनीहरूलाई गामोंको सट्टा ज्यापू वा महर्जन भन्न थालियो ।

पौराणिक इतिहास अनुसार भक्तपुरमा बसोबास गर्ने मल्लराजाका सन्तान व्यापार वा सिकारको सिलसिलामा ललितपुरको शङ्खुमा गई बसोबास गर्दै गर्दा त्यहीँकी एक युवतीसँग प्रेम बस्न गई शारीरिक सम्बन्ध रहन गयो र सन्तान उत्पत्ति भए ।

राजाका रखौटी श्रीमतीपट्टिका सन्तान भएकाले दरबारमा नस्वीकारिएपछि यस ठाउँमा बसेर संसारमा कतै नभएको अनौठो प्याङ ९बाँस० को पाथी बनाएर बेचबिखन गरी खान लालमोहर लगाएर आदेश भएअनुसार यहाँ यो बस्ती बसेको र प्याङपाथी बनाउने चलन चलेको जनविश्वास रहिआएको छ ।

शङ्खुमै रहँदाबस्दा एक दिन घुम्दै गिम्दीमा रहेको देउता खोला पुग्दा एकजना गामलले लहराबाट दूध जस्तै सेतो पदार्थ तपतप चुहिरहेको देखे । त्यसलाई पच्छ्याउँदै माथि माथिसम्म आउँदा कालेश्वर महादेवको शिवलिङ्ग भेट्टाएको ऐतिहासिक कथा पनि छ ।

कालेश्वरको टुप्पोबाट नै बग्दै गएको खोलालाई देउता खोला भनिन्छ । यसै बेलादेखि नै यस स्थानमा अवस्थित महादेवलाई शक्तिको रूपमा पूजा गर्न थालिएको बताइन्छ ।

“कालेश्वरको शिवलिङ्ग धेरै पछिसम्म पनि खुल्ला रूपमा रहेको थियो । यातायातको असुविधा, निकै ठूलो उचाइमा रहेको र बस्ती पनि नरहेको यस स्थानमा विकासका पूर्वाधार पु¥याउने र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने सम्भाव्यताको बारेमा सरकारी निकाय लगायत सम्बन्धित कसैले पनि सोच्न सकेका थिएनन्”, कालेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष चर सुन्दर महर्जन भन्नुहुन्छ, “आफ्नो कुलदेवता खुल्ला रहेको र संरक्षण नभएको पाएपछि २०५२ सालतिर प्याङगाउँका एक दुई जनाले गएर मूर्तिलाई बीचमा पर्ने गरी चारैतिर ढुङ्गाको गाह्रो लगाए । दुई ढोका र झ्याल राखे । पाँच छ घण्टा टाढा तल रहेको वाग्मतीबाट बालुवा र पानी बोकाएर माथि ढलान गरे ।”

महर्जनका अनुसार वि।सं। २०७१ मा उक्त मन्दिरको भवन भत्कियो । प्याङगाउँवासी हेर्न आउँदा बिजोग लाग्दो स्थिति देखियो । उतिबेला गोटीखेल गाविस थियो, गाविसले पनि प्याङगाउँवासीको देउता भनेर बेवास्ता गरिराखेको अवस्था थियो ।

अहिले पनि गोटीखेलवासी लगायत स्थानीय जनप्रतिनिधिले यो प्याङगाउँवासीको हो भनेर हेला गर्ने गरेको अध्यक्ष महर्जन बताउनुहुन्छ । विकासका पूर्वाधार पु¥याउन सके स्थानीय तहलाई नै पर्यटन व्यवसायमार्फत फाइदा पुग्नसक्छ, तर यहाँको पर्यटकीय सम्भावनाको बारेमा स्थानीय सरकारलाई समेत ज्ञात छैन ।

अहिले सिसवनमाथि देउराली भन्ज्याङसम्म सडक त पुगेको छ, तर थप पर्यटकीय पूर्वाधार पु¥याउन सम्बन्धित निकायको ध्यान पुग्ननसकेको स्थानीयवासी बताउँछन् ।

आफ्ना कुलदेउताको संरक्षण र मन्दिरको पुनःनिर्माणमा कसैको चासो पुग्न नसकेपछि प्याङगाउँमा सम्बन्धित गुठियार र सरोकारवालाको भेला राखियो ।

भेलाबाट साधारण तरिकाले भए पनि मन्दिर निर्माण गर्ने सल्लाहबमोजिम कम्तीमा पनि रु आठ नौ लाख पर्ने इस्टिमेट निस्कियो । प्रत्येक घरधुरीबाट एक एक हजार अनिवार्य उठाउने निर्णय गरियो । सामग्री मन्दिरसम्म पु¥याउनका लागि पालैपालो सबै बोकेर जाने निर्णय भयो ।

कालेश्वरको देब्रेपट्टि अग्लोडाँडा छ जसलाई बुर्जाडाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ । जहिले पनि आफूभन्दामाथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वरडाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन छ ।

त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौँ हरिया थुम्का देखिन्छन् । कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठूलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ । काल पुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ ।

सोही चुनढुङ्गालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन् । देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुङ्गा २०७२ को गोर्खा भुइँचालो जाँदा पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ ।

कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ । लगनखेलबाट गोटीखेल करीब ५० किमीको दूरीमा रहेको छ ।

लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ (चौघरे), कतवन भएर गोटीखेल जाने बस छुट्छन् । वैकल्पिक मार्गका रूपमा बनेपा पनौतीबाट खोपासी ढुङ्खर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ । गोटीखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारीसाधन चल्दैनन् ।

कालेश्वर पुग्न गोटीखेलबाट करिब चार घण्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन करिब दुई घन्टा समय लाग्छ । कालेश्वरको टुप्पोबाट तराईलगायत काभ्रे, मकवानपुरका अधिकांश क्षेत्रका साथै गणेश र लाङ्टाङ हिमालको समेत दृश्यावलोकन गर्न सकिन्छ । ऐतिहासिक धार्मिक महत्त्व बोकेको कालेश्वर पछिल्लो समय एक उत्कृष्ट र सम्भावनायुक्त पर्यटकीय क्षेत्रको रुपमा परिचित हुँदै गइरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ जेठ २३ गते शनिबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.