• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ जेठ २०८३, शनिबार
२३ जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ७ घण्टा 

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य
  • २१ घण्टा 

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
  • २१ घण्टा 

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • २२ घण्टा 

सगरमाथा संरक्षण अभियानमा साईमेक्स बीवाइडी च्यारिटी फाउन्डेसनको दीर्घकालीन सहकार्य
  • २३ घण्टा 

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
  • २३ घण्टा 

रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक
  • २४ घण्टा 

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन
  • १ दिन 

आर्थिक बर्ष २०८३/८४ को बजेटका सम्बन्धमा नाडाको धारणा यस्तो रहेको छ
  • १ दिन 

लोकप्रिय समाचार

  • १. कस्तो छ आजको मौसम पूर्वानुमान ?

  • २. सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन

  • ३. रास्वपा सभापति रवि लामिछाने भारत भ्रमणमा जाँदै

  • ४. २०८३ जेठ २१ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. पश्चिमी न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव : आज यी प्रदेशमा वर्षाको सम्भावना

  • ६. बजारमा अधिक तरलता, राष्ट्र बैंकले फेरि ७० अर्ब रुपैयाँ खिच्दै

  • ७. ट्रक दुर्घटना हुँदा चालकको निधन

  • ८. अन्नपूर्ण आरोहणको ७६ वर्ष : ५३६ जनाले चुमे चुचुरो

  • ९. रामादा बाई विन्धाम इटहरीद्वारा गर्मीयामका लागि तीन आकर्षक मौसमी अफर सार्वजनिक

  • १०. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

पर्यटक लोभ्याउँदै बाघको मूर्ति

जानकारी केन्द्र २०७९, माघ, २३

काठमाडौं । कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।

रामपुर नगरपालिका–६ स्थित कालीगण्डकी नदीको किनारमा हालै निर्माण भएको बाघको मूर्ति यतिबेला पर्यटकको आकर्षणको केन्द्र बनिरहेको छ । यहाँ दैनिक जसो अवलोकन गर्न जाने, फोटो खिच्ने, टिकटक बनाउने, भिडियो खिच्नेको उत्साह छ ।

नदीको किनार भएकाले पनि अन्य ठाउँको तुलनामा यहाँ घुम्न जानेहरू बढ्न थालेका छन् । पर्यटन विस्तार र विकास गर्ने उद्देश्यले बाघ लुक्ने ठाउँ अर्थात् ढाडलाई व्यवस्थित गरी बाघको आकृतिको मूर्ति निर्माण गरिएपछि हिजोआज पर्यटक आउने जाने क्रम चलिरहेको रामपुर–६ का वडाध्यक्ष दिवाकर देवकोटाले बताउनुभयो ।

धार्मिक तथा सांस्कृतिक महत्व बोकेको नदी कालीगण्डकीको संरक्षण र प्रवद्र्धनमा सहयोग पुग्ने गरी नदी किनारमा बाघको मूर्ति निर्माण गरिएको उहाँ बताउनुहुन्छ ।

“बाघको ढाड क्षेत्रको आसपासमा बारबन्देज, विश्रामस्थल, फूलबारीसहितको बगैँचा, सडक स्तरोन्नतिलगायतको कामलाई वडा तहबाट प्राथमिकता दिएर आयआर्जन गर्ने गरी योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “आन्तरिक पर्यटक तथा बाह्य पर्यटकलाई जोड्नका लागि नदीको किनारमा बाघको मूर्ति तयार पारेका हौँ ।”

बाघको ढाड व्यवस्थापन शीर्षकमा नगरपालिकाबाट विनियोजित वजेट रु दुई लाख सहयोगमा काम थालनी भएको हो । करिब रु तीन लाखको लागतमा मूर्ति बनाउने कार्य सम्पन्न भएको छ भने यस कार्यमा यहाँका स्थानीयवासीले रु ३० हजार बराबरको श्रमदानसमेत गरेका छन् ।

हाल यहाँको बाघ आकारको मूर्ति अवलोकनमा दैनिकजसो करिब एक सयभन्दा बढी अवलोकन गर्न आउने गरेको बाघको ढाड व्यवस्थापन समितिका अध्यक्ष हुमा देवकोटा बताउनुहुन्छ ।

उहाँका अनुसार शनिबार र सार्वजनिक बिदाका दिन अवलोकन गर्नेको ठूलै चहलपहल देखिन्छ । कालीगण्डकीको किनारमा रहेको यस ढाडमा बाघ लुकेर बस्ने गरेकाले यसलाई बाघको ढाडका नामले नामकरण गरिएको ज्येष्ठ नागरिक थिरलाल ढकाल बताउनुहुन्छ ।

“यस ढाडमा निँयाले जातको बाघ मरेपछि वन कार्यालयका कर्मचारीको रोहबरमा म आफैँले वैदिक परम्पराअनुसार अन्त्येष्टि गरेको छु, देवीको बाहनका रूपमा लिइने बाघ बस्ने, खेल्ने ढाडलाई संरक्षण गर्दै मूर्ति बनाएर राखिएको छ”, उहाँले भन्नुभयो ।

यस क्षेत्रमा पुग्ने बाटोको पहुँचमार्ग निर्माण, कालीगण्डकी नदीको मनोरम दृश्य, शीतल हावापानी, हरियाली रुख बिरुवाको लोभलाग्दो प्राकृतिक दृश्यले दर्शकलाई लोभ्याइरहेको छ । कालीगण्डकीको तटमा अवस्थित रहेकाले पनि यो क्षेत्रले पर्यटन विकासको राम्रो सम्भावना बोकेको छ ।

कार्यालय, विभिन्न पेसा, व्यावसायमा आबद्ध रहने व्यक्तिलाई कामको थकानबाट मुक्ति प्राप्ति गर्नका लागि यस क्षेत्रको प्राकृतिक वातवारण उपयुक्त रहेकाले यो क्षेत्रले पर्यटन विकासमा फड्को मार्ने रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउनुहुन्छ ।

कालीगण्डकी नदी सुसाउँदै गरेको गुञ्जनले हरेक कामको थकावट, तनावलाई यहाँको वातावरणमा आएपछि मेटाउने खालको वातावरण छ । बाघको मूर्ति अहिले सामाजिक सञ्जाल फेसबुक, टिकटकमा छाएको छ । सामाजिक सञ्जालमा छाउन थालेपछि दिनप्रतिदिन अवलोकन गर्न जाने बढ्दै गएका छन् ।

बाघको मूर्तिस्थलसम्म पुग्न दुईतर्फी सडकको ९पूर्वतर्फ पैदलमार्ग र पश्चिमतर्फ सवारीसाधनमा जान सक्ने० पहुँच विस्तार भएपछि अवलोकन गर्न जाने पर्यटकलाई सजिलो भएको छ । यस क्षेत्र नजिकै रामपुर नगर गौशाला, पर्यटकीय ज्याग्दी वन, तालपोखरा, बुद्धपार्क जोडिएकाले पर्यटक भित्रिँदै गएका छन् ।

यस नदी किनारमा हिन्दू धर्मावलम्बीहरू नदी स्नान गर्ने घाट रहेकाले यस क्षेत्र धार्मिक तथा पर्यटन विकासमा अगाडि बढ्ने स्थानीयवासीले आशा व्यक्त गरेका छन् ।

दैनिक आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेपछि पाल्पा सदरमुकाम तानसेन र पोखरा आएका बाह्य पर्यटकलाई रामपुर भित्रिने वातावरण तयार पार्न स्थानीय सरकारले कदम चाल्नुपर्ने स्थानीयवासीको माग छ ।

कालीगण्डकी करिडोरको पहुँचमार्गले गर्दा रामपुर भित्रिन सहज भएको छ । नारायणघाट, काठमाडौँ, पोखरा, बुटवलसँग सडक जोडिएपछि रामपुर क्षेत्रमा पछिल्लो समय पर्यटन विकासका कामले गति लिइरहेको छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

एलजी नेपालद्वारा “गेम अन वोइथ एलजी एआई टिभी” अभियान सार्वजनिक, फुटबल हेर्ने अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य

नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

२०८३ जेठ २४ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.