त्रिभुवन विश्वविद्यालयमा २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले २६ वर्ष पुराना विद्यार्थीलाई मौका परीक्षाको अवसर दिएको छ । स्नातक तहमा भर्ना भए पनि प्रयोगात्मक परीक्षामामा अनुपस्थित भएका कारण उत्तीर्ण हुन नसकेका विद्यार्थीहरूलाई मौका परीक्षाको अवसर दिएको हो । परीक्षा नियन्त्रण कार्यालय पनिका ले तीन वर्षे स्नातक तहअन्तर्गत व्यवस्थापन, शिक्षा शास्त्र, मानविकी तथा सामाजिक शास्त्र र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गत भर्ना भएका विद्यार्थीलाई यस्तो मौका दिएको हो ।
तीन वर्षे स्नातक तहका सबै कार्यक्रम बन्द भइसहेका छन् । हाल स्नातक तह चार वर्षे छ । कतिपय विद्यार्थीहरूको प्रथम, दोस्रो र तेस्रो वर्षको सबै सैद्धान्तिक विषय उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा, प्रोजेक्ट वर्क तथा शिक्षण अभ्यास मात्र बाँकी रहेको भन्दै पनिकाले २०५३ साल देखिकालाई अन्तिम मौका दिइएको हो । सात वर्ष समय सीमा नाघी सकेका विद्यार्थीहरूको लागि मात्र यो व्यवस्था लागू हुने पनिकाले जनाएको छ ।
२०५३ सालदेखि भर्ना भएका तर प्रयोगात्मक परीक्षा मात्र रोकिएका सबै परीक्षार्थीले यो मौका पाउन लागेका हुन् । मौका परीक्षामा सहभागी हुन चाहनेले आगामी फागुन ९ गतेभित्र सम्बन्धित क्याम्पसमा परीक्षा फाराम भर्नुपर्नेछ । साथै सम्बन्धित विद्यार्थीले पूरा गर्नुपर्ने प्रयोगात्मक परीक्षा, परियोजना कार्य तथा शिक्षण अभ्यासलगायतका सम्पूर्ण कामको प्रक्रिया पूरा गरी आगामी चैत १५ गतेभित्र सोको विवरण बुझाउनुपर्ने पनिकाले जनाएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
