नेपाल र जापानको राजनीति केन्द्रित सेमिनार जारी
त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अनुसन्धान केन्द्र (सिनास) र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को संयुक्त आयोजनामा ‘नेपाल र जापानको राजनीति, राजनीतिक दल र आवधिक निर्वाचन’का विषयमा सोमबारदेखि काठमाडौंमा सेमिनार सुरु भएको हो।
सेमिनारको उद्घाटन सत्रमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति डा धर्मकान्त बाँसकोटाले नेपाल जापानको सम्बन्ध र नेपालको विकासमा जापानले गरेको सहयोगका विषयमा जानकारी गराएका थिए । उनले नेपाल र जापनबीचको सम्बन्ध विगतदेखि नै सुमधुर रहँदै आएको बताए।
सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्कीले नेपालले जापानको राजनीति र आर्थिक विकासबाट धेरै कुरा सिक्न सकिने बताएका थिए।
सोमबारदेखि सुरु सेमिनारमा राजनीतिक अस्थिरताकाबीच पनि जापानको आर्थिक विकासका विषयमा छलफल हुनेछ । नेपालका लागि जाइकाका प्रतिनिधि ओकुबो अकिमित्सुले जापान–नेपालको आपसीसम्बन्ध र जाइकाले नेपालमा गरेको सहयोगका विषयमा चर्चा गरेका थिए।
सेमिसनारमा दुई देशको राजनीतिक अवस्था, आवधिक निर्वाचन, आर्थिक र राजनीतिक परिवर्तनका विषय केन्द्रित बहस हुनेछ। सिनासका कार्यकारी प्रमुख कार्कीका साथै जापानको टोकियो विश्वविद्यालयबाट कार्यपत्र प्रस्तुत हुनेछ।
यसका साथै सम्बन्धित विषयमा अध्ययनरत विद्यार्थीले नयाँ आयामका सन्दर्भमा कार्यपत्र प्रस्तुत गर्ने त्रिभुवन विश्वविद्यालयका एसोसिएट प्रोफेसर रत्नमणि नेपालले जानकारी दिए ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
