टर्की- सिरिया भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक
एजेन्सी । टर्की र सिरियामा सोमबार आएको शक्तिशाली भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या ८ हजार नजिक पुगेको छ । टर्कीमा हालसम्म ५,८९४ जनाले आफ्नो ज्यान गुमाएका छन् जबकि ३४,८१० जना घाइते छन् । यस्तै, सिरियामा २,०३२ जनाले ज्यान गुमाएका छन् । टर्कीमा भूकम्पका कारण करिब ६ हजार भवन ध्वस्त भएका छन् जबकि सिरियामा ४ सय घर पूर्ण रूपमा ढलेका छन् भने १२२० भन्दा बढी भवनमा क्षति पुगेको छ ।
यस्तै, टर्कीमा तीन महिनाको लागि आपत्काल लागू गरिएको छ । यहाँ सबै स्कुल १३ फेब्रुअरीसम्म बन्द गरिएको छ । यति मात्रै होइन सबै सरकारी भवनलाई सेल्टर होम बनाइएको छ । टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले हालसम्म ७० देश र १४ अन्तर्राष्ट्रिय संगठन मद्दतका लागि अग्रसर भएका छन् । टर्कीमा १० हजार कन्टेनरलाई सेल्टर होम बनाउने तयारी गरिएको छ ।
मेक्सिकोको चर्चित रेस्क्यू डगले टर्कीमा भग्नावशेषमा दबिएका मानिसको खोजी गर्न मद्दत गरिरहेको छ । मेक्सिको आफ्नो तालिमप्राप्त र विशेष खोजी कुकुरका लागि परिचित छ । १६ वटा कुकुरको समूह मेक्सिकोबाट उद्धार कार्यका लागि टर्की पुगेका छन् ।
टर्कीमा हिउँ परिरहेको छ । यस्तोमा उद्धार कार्यमा निकै समस्या भइरहेको छ । यति मात्रै होइन खराब मौसमका कारण हेलिकोप्टर पनि ल्यान्ड हुन सकिरहेको छैन । भूकम्पका कारण टर्की–सिरिया कोरिडोर पनि ध्वस्त भएको छ । यस्तोमा सडक मार्गमार्फत मद्दत पुर्याउन गाह्रो भइरहेको छ ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
