अख्तियार छेउकै अड्डामै दर्जनौं अनियमितता, नीति- नियमलाई धज्जीमा उडाइयो
काठमाडौं । कोही किन आकर्षक प्राइभेट जागिर छोडेर सरकारी जागिरमा झर्छ होला र ? राष्ट्रप्रेमले ओतप्रेत भएर वा अकुत आर्जन गर्न सक्ने प्रवल सम्भावना देखेर ? होइन भने एनसेलमा जागिर खाने नेपाली नागरिकमै उच्च तहका कर्मचारी (सिइओपछिको सेकेण्ड म्यान) व्यक्तिगततर्फ बढी कर तिर्ने उत्कृष्ट २५ जनाभित्र पर्न सफल रमेश घिमिरे उपसचिव तहको जागिरमा भिड्न किन राजी भए ?
जनार्दन शर्मा अर्थमन्त्री हुँदा टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई ४ वर्षका लागि नियुक्त गरिएको थियो । यसअघि नेपाल राष्ट्र बैंकबाट अवकाश प्राप्त निर्देशकहरूलाई खटाइँदै आएकोमा जनार्दन शर्माले क्रमभंग गर्दै आफ्ना निजी सचिवलाई त्यहाँ पठाए ।
अर्थबाटै अवकाश प्राप्त एक सचिवले इकर्मचारी डटकमसँग भने, ‘उपसचिवलाई खटाउने नहुने ठाउँ हो त्यो । बेथितिको सुरुवात त्यहीँबाट भयो ।’ निक्षेप र कर्जाको सुरक्षण गर्ने उद्देश्यले खोलिएको उक्त संस्थाको आम्दानी मात्र हुने तर खर्च हुने ठाउँचाहिँ कम छ ।
अघिल्लो आर्थिक वर्ष खुद नाफा ३ अर्ब भन्दा बढी, कोभिडताका सरकारी कोषमा ५ करोड सहयोग गरेको संस्थालाई धराशयी बनाएर जनकपुर चुरोट कारखाना, बाँसवारी छाला जुत्ताझैँ बनाउने उद्देश्यले एनसेलमा हुँदा कानुन, नियमन तथा कर्पोरेट विभाग हेर्दै आएका घिमिरेलाई योजनाअन्तर्गत त्यहाँ पठाइएको बताउँछन् अर्थका अधिकारीहरू ।
घिमिरेमाथि निजी कम्पनीमा कार्यरत रहँदा ६० अर्ब राजश्व छलीजस्तो गम्भीर मुद्दामा संलग्न रहेको आरोप अवकाशप्राप्त सचिवले लगाएका छन् । घिमिरे त्यता प्रवेश गर्नुअघि धितोपत्र बोर्ड र नेप्सेमा समेत आवेदन हालेर फालिएका थिए ।
त्यहाँ बिचौलिया दीपक भट्टका खास मानिने रमेश हमालदेखि कृष्णबहादुर कार्कीसम्म फिट भएपछि घिमिरेले टंगालस्थित निक्षेप तथा कर्जा सुरक्षण कोषतर्फ आँखा लगाएको बताइन्छ ।
कमर्सियल ल मा एलएल एम उत्तीर्ण गरेका उनी कोषको हर्ताकर्ता बनाइएको छ भने त्यहाँका सञ्चालक समितिमा अहिले अर्थबाट बाहिरिएर स्वास्थ्य मन्त्रालय पुगेका सहसचिव रमेश केसी, कानुन, न्याय तथा संसदीय मामिलाका हुमबहादुर केसी, राष्ट्र बैंकका तुल्सीप्रसाद घिमिरे, उपेन्द्र पौडेल र प्रकाशजंग थापा छन् ।
कोषले गत शुक्रवार रिक्त, आन्तरिक र कार्यक्षमता मूल्यांकन भन्दै एकै पटक १७ पदका लागि विज्ञापन गर्दा नीति–नियमलाई धज्जी उडाइएको बुझिएको छ ।
लोकसेवाको सामान्य सिद्धान्त अनुसार कुनै पनि पद रिक्त नभई विज्ञापन गर्न मिल्दैन तर नाताले ज्वाइँ पर्ने अच्युत पन्तलाई माथि लैजानकै लागि भविष्यमा खाली हुने पदको विज्ञापन निकालिएको हो ।
विज्ञापन कर्मचारी सेवा विनियमावली २०७५ को विनियम १४ विपरित भएको कोषका कर्मचारीले जनाएका छन् । यसअघि कोषले सेञ्चुरी कर्मसियल बैंकमा ३ अर्ब प्रक्रियासमेत नपु¥याई राखेको थियो ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
