वन्यजन्तु हेर्न जिप सफारी
काठमाडौँ । चितवनको भीमवली सामुदायिक वनले पर्यटकका लागि जिप सफारी सुरु गरेको छ । कालिका नगरपालिका–५ पदमपुरस्थित वनमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि जिप सफारी सेवा सुरु गरिएको हो ।
भीमवली पार्कदेखि सुरु हुने सफारी गुन्द्रेमान्द्रे चौर हुँदै डेढदेखि दुई घन्टाको यात्रापछि पुनःभीमवलीसम्म सञ्चालन हुनेछ । नगरपालिकाका जनप्रतिनिधिसहित स्थानीय सरोकारवालालाई जिप सफारी गराएर औपचारिकरुपमा सफारी सेवा सुरु गरिएको सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जयचन्द्रप्रसाद चौधरीले जानकारी दिए ।
उनले जिप सफारीका क्रममा गैँडा, चित्तल, जरायो, मयुरलगायतका जीवजन्तु अवलोकन गर्न पाइने बताए । पदमपुर पर्यटनको सम्भावना भएको क्षेत्र हो ।
नगर प्रमुख विनोद रेग्मीले भीमवली वन क्षेत्र नयाँ पर्यटकीय गन्तव्यका रुपमा विकास हुने बताए । उनले नगरपालिकाले पनि यस क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए । नगर उपप्रमुख विमला लामाले स्थानीयस्तरमा पर्यटकीय क्षेत्रको सम्भावना खोजी हुनु सकरात्मक भएको भन्दै यसलाई दिगो बनाउन सबैले सहयोग गर्नुपर्ने बताए। भरतपुरबाट नजिकै रहेकाले पनि यहाँ आन्तरिक पर्यटकको सङ्ख्या बढ्ने उनले विश्वास व्यक्त गरे ।
यहाँ आन्तरिक पर्यटक आकर्षित गर्न घरबास (होमस्टे) पनि सञ्चालनमा ल्याइएको भीमवली सामुदायिक होमस्टेका अध्यक्ष लोकराज चौधरीले जानकारी दिए । पहिलो चरणमा सात घरबास सञ्चालनमा ल्याइएको छ । पाहुनाको आगमन बढेसँगै घरबासको सङ्ख्या पनि बढाइने उनको भनाइ छ ।
विश्व वन्यजन्तु कोष (डब्लुडब्लु एफ)को सहयोगमा घरबास निर्माण गरिएको हो । घरबास सञ्चालनका लागि आवश्यक तालिम दिइएको छ । भीमवली सामुदायिक होमस्टे नगरपालिकाकै पहिलो हो । घरबासमा आउने पाहुनालाई थारुको परम्परागत खानासँगै थारु समुदायको कलासंस्कृतिले मनोरञ्जन प्रदान गरिने अध्यक्ष चौधरीले बताए ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

