मलमासका कारण आउँदो वर्षका सबै पर्व पछाडी धकलिए, कुन पर्व कहिले ?
जानकारी केन्द्र
२०७९, फाल्गुन, १
काठमाडौँ । आउँदो वर्ष अर्थात विक्रम सम्वत २०८० सालका सबै पर्व पछाडी धकेलिएका छन् । मलमास अर्थात् अधिक वर्षका कारण प्रायः सबै चाडपर्व झण्डै तीन हप्ता पछाडिसम्म धकेलिएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार २०८० सालमा तीजको व्रत असोज १ गते परेको छ । २०८० सालको घटस्थापना असोज २८ गते परेको छ ।
यस्तै कात्तिक ४ गते फूलपाती, ५ गते महाष्टमी, ६ गते महानवमी, कात्तिक ७ गते विजयादशी र ११ गते कोजाग्रत पूर्णिमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार कात्तिक २७ गते लक्ष्मीपूजा र कात्तिक २९ गते भाइटीका परेको छ ।
छठ पर्व मंसिर ३ गते परेको छ । मलमासकै कारण २०८० सालको चैते दशैँ २०८१ मा पुगेको छ । २०८० को चैत मसान्तमै चतुर्थी तिथि सकिने भएकाले चैता अष्टमीमा मनाइने चैते दशैँ २०८१ को वैशाखमा परेको समितिले जनाएको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
