रतीय विदेश सचिव क्वात्रा केहिबेरमा नेपाल आईपुग्दै, यस्तो छ भ्रमण तालिका
काठमाडौं । भारतका विदेशसचिव विनयमोहन क्वात्रा आज विमान आईपुग्दैछन् । नेपाली समकक्षी भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् ।
भ्रमणका क्रममा विदेश सचिवद्वय क्वात्रा र पौड्यालले नेपाल र भारतबीचको बहुआयामिक सहकार्यका विविध पक्षबारे व्यापक छलफल गर्ने बताइएको छ ।
अहिले बिहान १०ः३० बजे काठमाडौँ उत्रने क्वात्रा आजै नेपाल भारत सचिवस्तरीय उच्चस्तरीय संयन्त्रमा सहभागी हुनेछन् । सो छलफल पछि परराष्ट्र सचिव पौडेलले उनको सम्मानमा आयोजित लञ्च कार्यक्रममा सहभागी हुनेछन् । लन्चपछि परराष्ट्र मन्त्री विमला राईसँग द्वि–पक्षीय भेटघाटको कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा क्वात्राले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र हस्तान्तरण गर्नेछन् । उनले आजै नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीसँग समेत भेट्ने कार्यक्रम रहेको छ ।
विदेश सचिव क्वात्राले भोली ९मंगलवार० नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटघाट गर्ने कार्यक्रम रहेको छ । भोली नै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गरेपछि उनी स्वदेश फर्कनेछन् ।
विदेश सचिवको कार्यभार सम्हालेपछिको यो क्वात्राको पहिलो नेपाल भ्रमण हो । उनी यसअघि नेपालका लागि भारतीय राजदूतको रुपमा काम गरिसकेका छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
