आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुँदै
काठमाडौँ । आन्दोलनरत यातायात मजदुरसित आज वार्ता गरिने भएको छ। सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार वार्ताका लागि मन्त्रालयमा बोलाएका छन्।
आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए।
ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए। सोमबार दिनभरी उक्त क्षेत्रमा आन्दोलनरत यातायात मजदुर र प्रहरीबीच झडप र तनाव भएको थियो। सो क्रममा आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड र आगजनी गरेका थिए।
माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काइदिएका थिए। दिनभरजसो सो क्षेत्रमा यातायातका साधन चल्न पाएका थिएनन् । प्रहरीले ज्यादती गरेको भन्दै यातायात मजदुरले आज मंगलबार पनि उपत्यकामा सार्वजनिक सवारी साधन चल्न नदिने बताएका छन्। माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सवारीसाधन बन्द गर्ने चेतावनी मजदुरले हिजो राति नै दिएका हुन्। प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका छन्।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
