आन्दोलनरत यातायात मजदुर र सरकारबीच आज वार्ता हुँदै
काठमाडौँ । आन्दोलनरत यातायात मजदुरसित आज वार्ता गरिने भएको छ। सरकारले यातायात मजदुरलाई वार्ताका लागि बोलाएको हो। उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले यातायात मजदुर र व्यवसायी प्रतिनिधिहरूलाई मंगलबार वार्ताका लागि मन्त्रालयमा बोलाएका छन्।
आन्दोलनरत यातायात मजदुरलाई मङ्गलबार बिहान ८ बजे वार्ताका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आह्वान गरिएको यातायात विभागका महानिर्देशक तुलसी गौतमले जानकारी दिए।
ट्राफिक जरिवानालगायत विषयलाई लिएर यातायात मजदुरले सोमबार काठमाडौंको गोंगबु बसपार्क, माछापोखरी क्षेत्रमा प्रहरीको गाडी तोडफोड र आगजनी गरेका थिए। सोमबार दिनभरी उक्त क्षेत्रमा आन्दोलनरत यातायात मजदुर र प्रहरीबीच झडप र तनाव भएको थियो। सो क्रममा आन्दोलनकारीले प्रहरीको गाडीमा तोडफोड र आगजनी गरेका थिए।
माछापोखरी चोकमा रहेको प्रहरीको अस्थायी पोस्ट भत्काइदिएका थिए। दिनभरजसो सो क्षेत्रमा यातायातका साधन चल्न पाएका थिएनन् । प्रहरीले ज्यादती गरेको भन्दै यातायात मजदुरले आज मंगलबार पनि उपत्यकामा सार्वजनिक सवारी साधन चल्न नदिने बताएका छन्। माग पूरा नभएसम्म आजदेखि काठमाडौं उपत्यकाका सवारीसाधन बन्द गर्ने चेतावनी मजदुरले हिजो राति नै दिएका हुन्। प्रदर्शनका कारण सर्वसाधारणले भने सास्ती व्यहोरेका छन्।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

