यातायात मजदूरको बन्द हड्ताल फिर्ता
काठमाडौँ । यातायात मजदुर र सरकारबीच भएको वार्तामा आन्दोलन स्थगित गर्ने सहमति भएको छ। विभिन्न माग राखेर उपत्यकामा बन्द हड्ताल गरेका सार्वजनिक यातायात मजदूर सम्बद्ध संगठनले बन्द हड्ताल फिर्ता लिएका छन् । बन्द हड्ताल फिर्ता लिएसँगै सार्वजनिक यातायात पनि तत्कालै खुल्ने भएका छन् । आज बिहान भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको वार्ताका क्रममा मन्त्रालयले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मजदूर संगठनका पदाधिकारीले यस्तो घोषणा गरेका हुन् ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सर्वसाधारणका लागि सडकमा सहजीकरण गरेर वार्ताको निष्कर्षमा पुग्नु पर्नेमा जोड दिएका थिए । मन्त्री श्रेष्ठले जायज मागहरू सम्बोधन गरिने बताए । आजै बिहानदेखि नै यातायात मजदुर, व्यवसायी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र काठमाडौं महानगरपालिकाका अधिकारीबीच वार्ता भएको हो ।
सोमबार प्रदर्शनका क्रममा गोंगबु, नयाँ बसपार्क क्षेत्रमा तोडफोड र प्रहरीका गाडीमा आगजनी गरिएको थियो ।सार्वजनिक सवारी नचल्दा भने आज यात्रुले सास्ती खेपेका छन् ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
