आजदेखि बागमती प्रदेशमा ७० अंक ल्याए ‘ट्रायल पास’
काठमाडौं । बागमती प्रदेशमा अब ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल पास हुने व्यवस्था मंगलबारदेखि लागू हुँदैछ । बागमती प्रदेशभरि एकैपटक ७० अंक ल्याए सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को ट्रायल पास हुने प्रणाली लागू हुने भएको हो ।
प्रदेश सरकारले मंगलबारदेखि यातायात व्यवस्था विभागबाट जारी निर्देशिका,२०७७ लागू गर्न लागेको हो । प्रदेश सरकारको प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको अनुसार मंगलबार प्रदेश मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राधेराधे स्थित ट्रायल सेण्टरवाट उक्त प्रणालीको शुभारम्भ गर्नेछन् ।
फागुन १ गते नै सबै कार्यालयबााट सेवा सञ्चालन गर्ने भनिए पनि सार्वजनिक बिदा परेकोले मंगलबार सेवा सुरु गर्न लागेको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ ।
यसअघि सोमबार चाबहिलस्थित कार्यालयको ट्रायल सेन्टरबाट उपत्यकाका ट्रायल परीक्षा लिने कार्यालयका प्रमुख एवम् सम्बन्धित कर्मचारी र श्रम, रोजगार तथा यातायात मन्त्रीको उपस्थितीमा डेमो समेत गरिएको थियो ।
मंगलबारबाट चावहिल, राधेराधे, ठूलेभर्याङ र हेटौडा स्थित कार्यालयबाट ७० अंक ल्याए ट्रायल पास हुने प्रणाली लागू हुनेछ । एकान्तकुनामा केही व्यवस्थापकीय कार्य पूरा नभएकोले केही दिन पछिमात्र यो व्यवस्था बमोजिम ट्रायल परीक्षा शुरू गरिने जनाइएको छ ।
यसअघि प्रदेशका तत्कालिन श्रम,रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले ३ पटकसम्म लागू गर्न खोजेपछि तत्कालीन मुख्यमन्त्री राजेन्द्र पाण्डेले रोकेका थिए ।
प्रदेशको वर्तमान श्रम, रोजगार तथा यातायात मन्त्री श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै यो प्रणाली लागू गर्न तदारुकता देखाएका थिए । उनकै पहलमा मंगलबारबाट प्रदेशभर यो प्रणाली लागू हुँदैछ ।
यो प्रणालीमा मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कुल अंकभार १०० तोकिएको छ । त्यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिनेछ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
