‘राष्ट्रिय हित र स्वार्थ दुइटा त हुँदैनन् नि’
काठमाडौं । नेपाली कांग्रेसका नेता एवं कूटनीतिज्ञ दीपकुमार उपाध्यायले नेपालको कूटनीति नसच्चिएसम्म ठोस परिणाम नआउने ठोकुवा गरेका छन् ।
‘भारतीय विदेशसचिव विनयमोहन क्वात्रा नेपाल आउँदा हामीमा हीनताबोध र लघुताभास देखियो । हामीले कुनै तयारी गरेको देखिएन । त्यो अवस्था नसुध्रिएसम्म कुनै पनि परिणाम आउँदैन । पानीको बहुउपयोग, सिमाना, व्यापार घाटा, एयर स्पेस आदिका कुरामा परिणाम केही ननिस्कने, खालि सरगर्मी मात्र हुने हो भने त्यसको के अर्थ ?’ नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उपाध्यायले भने ।
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको एयर रुट दिने कुरामा भारतीय पक्षलाई कन्भिन्स गर्न नसकिएको पनि उनले औंल्याए । उपाध्यायले थपे, एयर कनेक्टिभिटी अन्तर्राष्ट्रिय स्तरको बनाऊँ भन्ने कुरामा अवरोध आइरहेको छ । चिनियाँ परियोजनामा बनेका पोखरा र भैरहवामा बनेको नाममा एयर रुट नदिनु अर्घेल्याइँ हुन्छ । भारतमा मोदीजी गुजरातको मख्यमन्त्री हुँदा कति चिनियाँ कम्पनी आए ? कति पुँजी निवेश भयो ? मामुली ठेक्काको नाममा अन्तर्राष्ट्रिय नियम कानुन नमान्न मिल्छ ? यसबारे सरकारले किन नबोलेको ? एक हातले ताली बज्दैन नि ।’
भारतीय विदेशसचिव आउँदा केपी शर्मा ओलीले सत्तासमीकरण फेरबदलको चलखेल भन्नुमा राजनीतिक स्वार्थ लुकेको पनि उनले औंल्याए । उपाध्यायले भने, ‘त्यसो भए चलखेलको पात्र को त ? उहाँ प्रधानमन्त्री हुँदा राती राती भारतीय खुफिया प्रमुखलाई किन भेटेको ? मुख र व्यवहारमा एउटै हुनुपर्छ । आफ्नो अनुकूल भयो भने खुसी हुने, प्रतिकूल भए दोष लगाउने ? अहिले छिमेकीलाई दोष लगाउनुभन्दा एमाले र कांग्रेसले मिलेर राष्ट्रपतिमा साझा उम्मेदवारी दिए हुन्न ? राष्ट्रिय हित र स्वार्थ दुइटा त हुँदैनन् नि ।’
सम्बन्धित समाचार
लैनचौरमा सारथी इकुटरको नयाँ शोरुम सञ्चालनमा
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
बीपीसीद्वारा एसीसीए क्रिकेट लिग २०२६ सफलतापूर्वक सम्पन्न
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो स्याकम्यान एक्स ५००० इ इलेक्ट्रिक प्राइम मुभर र इलेक्ट्रिक टिपर
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
ट्रेन्डिङ
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
सीजी डिजीटलले ल्यायो “घरको खुसी, दशैं तथा तिहारको उमंग” — २५ % सम्मको छुट स्योर सट उपहार र भाग्यशाली ड्रको विशेष अफर

