भत्किएको भवनमा फसेका ७ जनाको ८ दिनपछि जीवितै उद्धार
एजेन्सी । विनाशकारी भूकम्प गएको ८ दिनपछि टर्कीमा ७ व्यक्तिलाई जीवितै उद्धार गरिएको छ । उद्धारकर्ताहरूले मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट ७ जनालाई जीवितै उद्धार गरेका हुन् ।
भूकम्प गएको करिब १९८ घण्टापछि दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जीवितै उद्धार गरिएको छ । दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट महिलालाई जीवितै उद्धार गरी अस्पताल पठाइएको छ ।
सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जीवितै उद्धार गरेका छन् ।
सोही प्रान्तबाट अर्की एक महिलाको पनि जीवितै उद्धार गरी अस्पताल पठाइएको छ । मृतकको सङ्ख्या झन्डै ४० हजार पुगेका बेला जीवितै उद्धार गर्ने कुरा दुर्लभ बन्दै गइरहेको छ ।
टर्की र सिरियामा भूकम्पका कारण मृत्यु हुनेको सङ्ख्या नाटकीय रूपमा बढ्ने अपेक्षा गरिएको छ । संयुक्त राष्ट्रसङ्घका सहायता मानवीय सहायता सम्बन्धी प्रमुखले त्यहाँ मृतकको सङ्ख्या दोबर हुन सक्ने आशङ्का व्यक्त गरेका छन् ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
