अमिषा अघि यी अभिनेत्रीलाई गरिएको थियो अफर, सन्नी देओलका कारण गरिन् रिजेक्ट !
एजेन्सी । बलिउड उद्योगको चर्चित फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल ‘गदर २’ चाँडै आउँदैछ । यस फिल्ममा सनी देओल र अमिषा पटेल फेरि एक पटक मुख्य भूमिकामा देखिनेछन् ।
सन् २००१ मा आएको यो फिल्म सुपर डुपर हिट साबित भयो । यो फिल्मले अमिषाको करियरलाई नयाँ दिशा दिएको छ । तर, के तपाईलाई थाहा छ, यो फिल्मका लागि अमिषा पहिलो रोजाइ थिइनन् । यसअघि अन्य धेरै अभिनेत्रीलाई अफर गरिएको थियो ।
काजोलले गरिन् फिल्म गर्न अस्वीकार
निर्देशक अनिल शर्माले मिडियालाई दिएको अन्तर्वार्तामा काजोललाई ‘गदर’का लागि पहिलो पटक अप्रोच गरिएको खुलासा गरेका थिए । तर काजोलले यो फिल्म गर्न मानिनन् । काजोलका अलावा ऐश्वर्या राई र माधुरी दीक्षितलाई पनि यो फिल्मको अफर गरिएको थियो ।
तर, दुवैले फिल्म गर्न मानेनन् । कसैले सन्नीसँग काम गर्न चासो देखाएनन् भने कसैलाई फिल्मको कथामा कम विश्वास थियो । निर्देशक अनिल शर्मा आफैंले यो कुराको खुलासा गरेका हुन् ।
माधुरी र ऐशले गरेका थिए प्रस्ताव अस्वीकार
माधुरी दीक्षितलाई फिल्म ‘गदर’ अफर हुँदा करियरको शिखरमा थिइन् । माधुरीले यसअघि सन्नी देओलसँग फिल्म त्रिदेवमा काम गरेकी थिइन् । तर, उनले सन्नीसँग काम गर्न अस्वीकार गरिन् ।
यस फिल्मको अफर पूर्व मिस वर्ल्ड ऐश्वर्या रार्यलाई पनि पठाइएको थियो । तर, त्यतिबेला ऐश विभिन्न भूमिकामा केन्द्रित थिइन् । जसका कारण उनले यो चलचित्रलाई अस्वीकार गरिन् ।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
