अमिषा अघि यी अभिनेत्रीलाई गरिएको थियो अफर, सन्नी देओलका कारण गरिन् रिजेक्ट !
एजेन्सी । बलिउड उद्योगको चर्चित फिल्म ‘गदर : एक प्रेम कथा’को सिक्वेल ‘गदर २’ चाँडै आउँदैछ । यस फिल्ममा सनी देओल र अमिषा पटेल फेरि एक पटक मुख्य भूमिकामा देखिनेछन् ।
सन् २००१ मा आएको यो फिल्म सुपर डुपर हिट साबित भयो । यो फिल्मले अमिषाको करियरलाई नयाँ दिशा दिएको छ । तर, के तपाईलाई थाहा छ, यो फिल्मका लागि अमिषा पहिलो रोजाइ थिइनन् । यसअघि अन्य धेरै अभिनेत्रीलाई अफर गरिएको थियो ।
काजोलले गरिन् फिल्म गर्न अस्वीकार
निर्देशक अनिल शर्माले मिडियालाई दिएको अन्तर्वार्तामा काजोललाई ‘गदर’का लागि पहिलो पटक अप्रोच गरिएको खुलासा गरेका थिए । तर काजोलले यो फिल्म गर्न मानिनन् । काजोलका अलावा ऐश्वर्या राई र माधुरी दीक्षितलाई पनि यो फिल्मको अफर गरिएको थियो ।
तर, दुवैले फिल्म गर्न मानेनन् । कसैले सन्नीसँग काम गर्न चासो देखाएनन् भने कसैलाई फिल्मको कथामा कम विश्वास थियो । निर्देशक अनिल शर्मा आफैंले यो कुराको खुलासा गरेका हुन् ।
माधुरी र ऐशले गरेका थिए प्रस्ताव अस्वीकार
माधुरी दीक्षितलाई फिल्म ‘गदर’ अफर हुँदा करियरको शिखरमा थिइन् । माधुरीले यसअघि सन्नी देओलसँग फिल्म त्रिदेवमा काम गरेकी थिइन् । तर, उनले सन्नीसँग काम गर्न अस्वीकार गरिन् ।
यस फिल्मको अफर पूर्व मिस वर्ल्ड ऐश्वर्या रार्यलाई पनि पठाइएको थियो । तर, त्यतिबेला ऐश विभिन्न भूमिकामा केन्द्रित थिइन् । जसका कारण उनले यो चलचित्रलाई अस्वीकार गरिन् ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
नामीले नेपालमा नयाँ भिगो ई २ “फुल एसयूभी” सार्वजनिक गर्ने
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

