Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

घट्यो सुनको भाउ

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, ५
घट्यो सुनको भाउ

काठमाडौं । आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

तेजावी सुनको भाउ पनि आज तोलामा ५ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन व्यवसायी महासंघले आज दश ग्राम छापावाल सुनको मुल्य ८७ हजार ८ सय ८० रुपैयाँ, दश ग्राम तेजावी सुनको मुल्य ८७ हजार ४ सय ५० रुपैयाँ कायम गरेको छ ।

Top Changing Nepal

युट्युब सट्स