कांग्रेस सांसद् भण्डारीको स्वास्थ्यमा सुधार
काठमाडौँ । खाना पकाउने ग्यास सिलिण्डर विस्फोट हुँदा गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको मुम्बईमा उपचार भइरहेको छ । भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत कांग्रेस नेता एवम् प्रतिनिधिसभाका सांसद् भण्डारी स्वास्थ्य अवस्थामा सुधार भइरहेको उनको उपचारको नेतृत्व गरिरहेका डा।मुकेश मिश्रालाई उदृत गर्दै कांग्रेसका एक नेताले जानकारी दिए ।
उनका अनुसार नेता भण्डारीको अवस्था अहिले सामान्य बन्दै गएको छ। साथै शुक्रबारदेखि उनलाई नलीमार्फत् खाना खुवाउन सुरु गरिएको छ । शनिबार बिहान डिहाइड्रेसनका कारण पिसाव कम भएको र प्लेटलेस एक लाखमा झरेकोमा शनिबार साझसम्म तरल मात्रा बढाउँदा डिहाइड्रेसनको अवस्था सामान्य रहेको बताइएको छ ।
शनिबार दिउँसो उनको छातिको फिजियो थेरापी गरिएको र अहिले बाहिरबाट हेर्दा आँखा खुला हेरिराखेको बताइएको छ। अनुहारमा डढेको कालो छाला झरी नयाँ पलाउन लागेकोजस्तो पनि देखिएको बताइएको छ ।
यस्तै, कृतिम अक्सीजनको मात्रा ३५ प्रतिशतमा झारिएको र भोलिदेखि कृतिम अक्सिजनलाई शून्य प्रतिशतमा झार्ने तथा प्राकृतिकरूपमा श्वास प्रश्वासको ट्रायलमा लैजाने योजना रहेको डा। मिश्रालाई उदृत गर्दै ती नेताले बताएका हुन् ।
ग्यास विस्फोटमा परी कांग्रेस नेतासहित उनकी ८६ वर्षीया आमा हरिकला भण्डारी पनि गम्भीर घाइते भएकी थिइन् । शरीरको ७० प्रतिशत भाग जलेकी आमाको उपचारका कीर्तिपुर अस्पतालमा निधन भएको हो ।
सम्बन्धित समाचार
नामी भिगोको विशेष अफर समाप्त, नयाँ बुकिङ एमआरपीमै
स्कोडाद्वारा नेपालमा नयाँ जेनेरेसन कोडियाक सार्वजनिक: “रियल लक्जरी, एज इट सुड बी”
तिब्बतबाट रसुवामा पस्यो ठूलो बाढी,नदी आसपसका क्षेत्रमा जोखिम
नाडा अटो शो २०२६ मा यामाहा नेपालले नयाँ एक्सएसआर १५५ को अनावरण गर्ने
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

