अब नारायणी पुल झिलिमिली
चितवन । भरतपुर महानगरपालिकाले ‘उज्यालो सहर’ अभियान अन्तर्गत चितवनको नारायणगढस्थित नारायणी पुलमा स्मार्ट बत्ती जडान गरेको छ । बिहिबार साँझ महानगरकी मेयर रेणु दाहालले बत्ती बालेर स्मार्ट बत्तीको उद्दघाटन गरेकी हुन् । गत जेठमा हावाहुरीले पूलमाथि राखिएका पोलहरु ढलेका थिए । भरतपुर महानगरपालिका र नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय सडक बत्ती प्रवर्द्धन आयोजनाको संयुक्त पहलमा पुलमा १४ वटा पोल राखेर स्मार्ट बत्ती जडान गरेका हुन् ।
पोलमा राखिएका बत्ती डिजिटल माध्यमबाट बाल्न र निभाउन मिल्छ । पुलमाथि बत्ती बलेसँगै रातको समयमा स्थानीय एवं बाह्य सर्वसाधरणलाई ओहोर दोहोर गर्न सजिलो भएको छ । पुलले भरतपुर महानगरपालिकाको नारायणगढ र गैंडाकोट नगरपालिकाको गैंडाकोट जोड्दछ । भरतपुर महानगरले पहिलो चरणमा ७८।१ किलोमिटर र दोस्रो चरणमा ११८ किलोमिटर क्षेत्रमा थप सडक बत्ती राख्ने तयारी गरेको छ ।
सम्बन्धित समाचार
टेलिकमले ल्यायो आकर्षक प्याकेज सहितको मनसून अफर, यस्ता छन् सुविधा
चिनियाँ चीपको माग ६ महिनामा २५०० प्रतिशतले वृद्धि
विश्वव्यापी रूपमा प्रशंसित बीएडब्लू ई-सेभेन प्रो एलआरआर मोर्टरद्वारा श्रावणको तेस्रो साता नेपालमा सार्वजनिक हुँदै
ट्रक महासंघ र अर्थमन्त्री वाग्लेबिच भेटवार्ता, बीमाले नसमेट्ने राहतका लागि छुट्टै कोष बनाउने आश्वासन
अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा
नेप्सेको सीईओ बन्न आवेदन खुला, १५ दिनभित्र दरखास्त दिन आग्रह
ट्रेन्डिङ
२०८३ साउन १२ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
अरुवा खोलामा नुहाउने क्रममा डुबेर ९ वर्षीय बालकको ज्यान गयो
२०८३ साउन ११ गते सोमबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
नवप्रवर्तन, अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा लगानी बढाउनुपर्छ: एनसीसी अध्यक्ष अग्रवाल
ज्योतिर्मयी बनिन ‘इन्डियन आइडल १६’ को बिजेता

