• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
१६ असार २०८३, मङ्गलबार
१६ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
  • ७ घण्टा 

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
  • ७ घण्टा 

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी
  • ८ घण्टा 

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?
  • ८ घण्टा 

एकैदिन २,१५७ सवारीचालक ट्राफिक कारबाहीमा, रु २१ लाख ४० हजार राजस्व सङ्कलन
  • ९ घण्टा 

पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य घट्यो, उपभोक्तालाई राहत
  • १० घण्टा 

फोटोन मोटर्स नेपालको बुटवलमा नयाँ शोरुमको उद्घाटन, पश्चिम नेपालमा सेवा र उपस्थिति दुवै विस्तार
  • १० घण्टा 

सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै
  • ११ घण्टा 

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. टिभिएस मोटर कम्पनीले सार्वजनिक गर्यो नेपालकै सबैभन्दा शक्तिशाली टिभिएस अपाचे आरटिआर १६० ४ भी

  • २. दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान

  • ३. आज र भोलि देशैभरी भारी बर्षाको सम्भावना

  • ४. कुमारी बैंकका ग्राहकलाई नेसनल प्याथ ल्याबमा विशेष छुट

  • ५. ट्रुकलरले कसरी थाहा पाउँछ फोनवाला ब्यक्तिको सही नाम

  • ६. नक्कली गहनाले भाँडियो विवाह, बेहुलीबिनै जन्ती फर्कियो

  • ७. २०८३ असार १५ गते सोमबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

  • ९. आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. छोराको कुटपिटबाट आफ्नै आमाको निधन

महेन्द्रनगरमा ‘रुपालवासी’ होलीको रौनक

जानकारी केन्द्र २०७९, फाल्गुन, २१

महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रुपालवासीको परम्परागत रुपाली होलीले रौनकता छाएको छ । फागू पुर्णिमाको तीन दिनअघि देखि सुरु भएको रुपाली होली कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ निम्बुखेडा र १८ गोवरीयामा भव्य रुपमा एकादशीदेखि सुरु भएको हो ।

दशकौँदेखि सुदूरपश्चिममा समुदाय विशेषले मनाउने रुपाली होलीको रौनक बढेको निम्बुखेडा रुपाली होली समाजका अध्यक्ष डम्बरदत्त भट्टले जानकारी दिए। रुपाल सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुराको भागेश्वर गाउँपालिकामा पर्ने गाउँ हो । सो बसोबास गर्ने नागरिकलाई ‘रुपालवासी’ भनेर स्थानीय भाषामा चिनिन्छ ।

डडेल्धुराको रुपालदेखि बसाइसरी कञ्चनपुरको महेन्द्रनगर र आसपासका क्षेत्रमा आएका रुपाली समुदायले तराइझरेयता नियमित रुपमा पम्परागत होलीलाई निरन्तरता दिदै आएका छन् । “रुबालीहरु बीचको एकता र रङ्गिन पर्वसँग जोडिएको होलीका आफ्नै पम्परागत मान्यता छन्”, अध्यक्ष भट्टले भने, “हाम्रो नयाँ पुस्ताले पनि यसलाई आत्मसात गर्दै अघि बढेको छ ।”

वसन्त ऋतु र नयाँ वर्षको पूर्वसन्ध्यामा रङ्गीन पर्व होलीको उल्लास बढिरहेका बेला रुपाली होलीको ४७ पुस्ताभन्दा बढी लामो इतिहास सुदूरपश्चिममा छ । “सुदूरपश्चिममा मात्रै समुदायपिच्छे होली खेल्ने र मनाउने धेरै तौर तरिकाहरु छन्”, भट्टले भने, “रुपाली होलीको आफ्नो छुट्टै विशिष्ट पहिचान छ ।”

परम्परागत शैलीमा खेलिने होली रुपाली समुदायका हरेक उमेर समूहका मानिसक गोलबद्ध भएर देउडा शैलीमा खेल्ने र्गछन् । हरेक उमेर समूहका युवा–युवती, महिला पुरुष तथा बालबालिका होली धुमाधामका साथ मनाइरहेका बेला डडेल्धुराको तत्कालीन रुपाल गाविसका मानिस तराईमा झरेको पाँच दशक पुग्दा पनि आफ्नो परम्परागत होलीलाई निरन्तरता दिइरहेका छन् ।

“होलीबाट जम्मा भएको पैसाले मन्दिरका लागि भाडा खरिद गर्ने योजना छ”, भट्टले भने, “भाँडाकुडा विवाह, व्रतलगायत बेला आर्थिक अवस्था कमजोर भएका नागरिकलाई निःशुल्क रुपमा काम चलाउन दिन्छौँ ।” रुपाली होली धार्मिक मान्यतालाई कायम राख्दै आफ्नै पहाडिया शैलीमा परम्परागत भाकामा गाएर होली मनाइन्छ ।

रुपाल होली समितिले वर्ष एकादशमीका दिनदेखि प्रसिद्ध बैजनाथ मन्दिरबाट सुरु गरिने होली पुर्णिमाका दिन सोही मन्दिरमा गएर समापन गर्ने चलन छ । “निम्बुखेडाको शिव गौरा मन्दिर र गोवरियामा बैजनाथ मन्दिरबाट एकसाथ होली सुरु भएको छ”, रुपाली समुदायका अगुवा तथगा कञ्चनपुर होटल व्यवसायी सङ्घ वरिष्ठ उपाध्यक्ष केशव जोराले भने, “जागिर र अन्य सिलसिलामा विभिन्न ठाउँमा छरिएर रहेका रुपाली होली पर्वमा झमघट हुने हुनाले होली पर्वलार्ई एउटा भेटघाटको पर्व पनि लिन्छौँ ।”

होली खेलेर प्राप्त रकम विभिन्न विकास निर्माण तथा धार्मिक निर्माणमा खर्च गर्ने गरिएको छ । होलीका गीतको माध्यमबाट विभिन्न धार्मिक भजन गाएर पनि रुपाली रमाइलो गर्ने गर्ने प्रचलन छ । त्यसका साथै ‘फगुवा’हरुलाई हरेक रुपालीको घरमा विशेष सम्मान दिइने गरेको छ । होलीबाट सङ्कलित रकमले मन्दिर निर्माणलगायत सामाजिक कार्यमा खर्च गरिने जोराको भनाइ छ ।

“जसको घरमा बिहे र सन्तान भएको उसले फगुवालाई होलीका मौकामा विशेष भोजन गराउने चलन छ”, जोरा भने, “यो एउटा पम्पराको निरन्तरता पनि हो ।” डडेल्धुराको रुपालबाट विसं २०१७ देखि तराईमा बसाइसराई गर्ने क्रम सुरु रुपाली अगुवाको भनाइ छ ।

हरेक वर्ष फागू पुर्णिमामा मनाइने होलीले आध्यात्मिक, सांस्कृतिक, सामाजिक र मनोवैज्ञानिक महत्व बोकेको छ । “पुस्ताँैदेखिको होलीमा अहिलेका युवा पिँढीको उपस्थिति पनि उल्लेख छ”, जोराले भने, “होलीलाई निरन्तरता र संरक्षणका लागि रुपाली समाज सक्रिय छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड
अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै
जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

ताजा

नबिल बैंकलाई लगातार तेस्रो पटक उत्कृष्ट वार्षिक प्रतिवेदन ‘गोल्ड’ अवार्ड

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज ४५ अर्ब रुपैयाँको एकवर्षे ऋणपत्र जारी गर्दै

जगदम्बा मोटर्सले नेपालमा ल्याउँदै सेग्मेन्टकै पहिलो रियर–ह्विल–ड्राइभ ईभी

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.