• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बिहीबार, मङि्सर १९, २०८२
बिहीबार, मङि्सर १९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, प्राप्त

सुदनले आज रवि लामिछानेसँग भेट्ने

खराब मोबाइल नम्बरले पनि ल्याउन सक्छ दुर्भाग्य, यसरी गर्नुस् छनोट

एमएडब्लू अर्थमुभर्सद्वारा देशव्यापी ‘नेशनल मेसिन हेल्थ चेकअप क्याम्पेन’ सुरु

घट्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

एनपीएलमा आज दुई रोचक भिडन्त : बिहान पोखरा–काठमाडौँ, दिउँसो सुदूरपश्चिम–चितवन आमनेसामने

लोकप्रिय समाचार

  • १. २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

  • २. २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

  • ४. बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

  • ५. डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

  • ६. भोलि देशभर सार्वजनिक बिदा

  • ७. सांग्रिला मोटर्स प्रा.लि.द्वारा लीपमोटर र सिट्रोनका लागि विशेष एक्सचेन्ज क्याम्प घोषणा : यस्ता छन् आकर्षण

  • ८. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • ९. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • १०. सरल नेपालको आयोजनामा राष्ट्रिय स्तरको ‘ अनलाइन सार्वजनिक वक्तृत्वकला ’ हुँदै

बुटवलबाट दुई केबलकार सञ्चालनको तयारी

बुटवल । पाल्पाको ऐतिहासिक तथा पुरातात्विक क्षेत्र वसन्तपुर र नुवाकोट जोड्ने गरी बुटवलमा दुई केबलकार निर्माण भइरहेका छन् । लुम्बिनी आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी केबलकार निर्माण गर्न थालिएको हो ।

पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित वसन्तपुर र वडा नं २ को नुवाकोटगढी जोड्न तिनाउ नदीको वारिपारी बेस स्टेशन राखेर बुटवलमा लुम्बिनी केबलकार र सिद्धार्थ केबलकार निर्माणको काम तीव्र पारिएको छ । तिनाउ नदीको पूर्वमा सिद्धार्थ राजमार्गसँगै बुटवल उपमहानगरपालिका–३ बमघाटमा आधार स्टेशन रहेको लुम्बिनी केबलकारको टप स्टेशन पाल्पाको तिनाउ–३ वसन्तपुरमा राखिने छ ।

वसन्तपुरलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गरी भारतीय पर्यटक भित्र्याउने लक्ष्यसहित त्यसको आधारका रुपमा केबलकार निर्माण गर्न लागिएको लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल बताए । यसले पाल्पाको वसन्तपुर क्षेत्रमात्र नभएर त्यसको आधार स्टेशन रहेको बुटवल र यस आसपासको पर्यटन विकाससँगै आर्थिक गतिविधिलाई चलायमान बनाउने उनले बताए । उक्त केबलकारको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ फागुन १ गते शिलान्यास गरेको थियो ।

रु साढे तीन अर्ब बढी लगानीमा निर्माण भइरहेको लुम्बिनी केबलकार आगामी वर्ष वैशाखसम्म सम्पन्न गर्नेगरी काम भइरहेको छ । वसन्तपुरमा रहेको दुर्गा मन्दिरलाई भारतको कामाक्ष मन्दिरको आकृतिमा निर्माण गर्न लागिएको छ । यहाँ आउने पर्यटकलाई बसाउनका लागि रिसोर्ट, पाँच तारे होटल र उद्यानसहितका संरचना बनाउने काम भइरहेको छ । पाल्पाको वसन्तपुर डाँडामा एक सय ५० कोठासहितको पाँचतारे होटल बन्दै छ ।

लुम्बिनी केबलकारमा २५ वटा गोण्डुला ९बाकस० रहनेछन् । एउटा गोण्डुलामा आठ यात्रु चढ्न मिल्छ । यसमा प्रतिघन्टा छ सय यात्रु आवतजावत गर्न सक्ने छन् । यो केबलकार नियमितरुपमा सञ्चालनमा आए दैनिक पाँच हजार व्यक्तिलाई ओहोरदोहार गराउन सकिने अध्यक्ष ढकाल बताए ।

त्यस्तै तिनाउ नदी पश्चिममा पूर्वपश्चिम राजमार्गसँगै मणिमुकुन्द सेन उद्यान फूलबारी को उत्तरतर्फको शिखर देउराली वनमा आधार स्टेशन रहेको सिद्धार्थ केबलकारले पाल्पाको ऐतिहासिक एवं पुरातात्विक महत्वको नुवाकोटलाई जोड्नेछ । यो केबलकारको पनि आधार स्टेशन शिखर देउराली र पाल्पाको तिनाउँ गाउँपालिका–२ नुवाकोटमा पूर्वाधार निर्माणको कामलाई तीव्र बनाइएको छ । सिद्धार्थ केबलकारले सुविधा सम्पन्न रिसोर्ट बनाइरहेको छ ।

त्यस्तै यहाँ बसपार्क बाल उद्यान, पर्यटन सूचना केन्द्र, शान्ति उद्यान, गुम्बा, भ्यूटावर, स्वास्थ्य केन्द्रलगायत संरचना बन्नेछन् । यो केबलकारको तत्कालिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलले २०७७ फागुन ९ गते शिलान्यास गरेको थियो । एक दशमलव ९४ किमी लम्बाइको सिद्धार्थ केबलकारमा शिखर देउराली वनमा रहेको बेस स्टेशनबाट नुवाकोट डाँडामा आठ मिनेटमा पुग्न सकिनेछ । नियमितरुपमा केबलकार सञ्चालनमा आउँदा दैनिक पाँच हजार यात्रु ओहरदोहर गर्न सक्ने सिद्धार्थ केबलकारका अध्यक्ष ई राजेन्द्रसिंह गुरुङले बताए। उनका अनुसार यो केबलकार अबको करिब सात महिनाभित्र निर्माण सम्पन्न हुनेछ ।

केबलकार निर्माणसँगै रुपन्देहीले दुई ठूला पर्यटकीय गन्तव्य पाउन लागेको उल्लेख गर्दै बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले केबलकार सञ्चालनमा आए यहाँको आर्थिक गतिविधि थप चलायमान हुने विश्वास व्यक्त गरे ।

गर्मी याममा बुटवल तथा यस आसपासको तराईको अधिकतम तापक्रम ४०÷४२ डिग्री सेल्सियस हुन्छ भने त्यही समयमा पाल्पाको ती स्थानको अधिकतम तापक्रम २० देखि ३० डिग्री सेल्सियस रहने भएकाले केबलकारले तराईको गर्मी छल्न मद्दत पुग्ने छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू
    सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, प्राप्त
    सुदनले आज रवि लामिछानेसँग भेट्ने

    लोकप्रिय

    २०८२ साल मंसिर १३ गते शनिबार यस्तो छ तपाईको भाग्य,हेर्नुहोस् राशिफल

    २०८२ साल मंसिर १६ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल र एलपी ग्यासको यथावत्

    ताजा

    २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू

    ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क

    सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, प्राप्त

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • २०८२ साल मंसिर १९ गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल
    • उपत्यकामा ट्राफिक नियन्त्रणका लागि लामो दूरीका गाडी नयाँ नियम लागू
    • ‘अभिमन्यु’ आजबाट हलमा, दर्शकले मन पराउनेमा निर्माण टिम ढुक्क
    • सिटिजन्स बैंकलाई लगातार दोस्रो वर्ष ‘बैंक अफ द इयर २०२५’ अवार्ड, प्राप्त
    • सुदनले आज रवि लामिछानेसँग भेट्ने

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.