दुर्गा प्रसाईंको कालोमोसो दस्ताका संयोजक पक्राउ
जानकारी केन्द्र
२०७९, फाल्गुन, २४
काठमाडौँ । प्रहरीले दुर्गा प्रसाईंले बनाएको ‘कालोमोसो’ दस्ताका संयोजक शम्भु थापालाई भरतपुरबाट नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनको टोलीले मालपोत कार्यालय नजिकै रहेको चिया पसलबाट मंगलबार उनलाई नियन्त्रणमा लिएको हो ।
प्रसाईंले धर्म, संस्कृति, राष्ट्र, राष्ट्रियता र नागरिक अभियानको नाममा देशका विभिन्न ठाउँमा सभा गरी कालोमोसो दस्ता बनाएका छन् । केही दिनअघि चितवनको नारायणी नदी किनारमा सभा गरेपछि भरतपुर विमानस्थलबाट कालोमोसो दस्ता घोषणा गरिएको थियो । यो दस्ताले बैंक तथा वित्तीय संस्थालाई निसाना बनाउने बताउँदै आएको छ ।
थापालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले बतायो। उनलाई कुन मुद्दामा अनुसन्धान गर्ने यकिन भइनसकेको प्रहरी स्रोतले बतायो । उक्त अभियानले भने थापाको रिहाइको माग गरेको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
