दार्चुलामा जीप दुर्घटना : एकको मृत्यु, पाँच जना घाइते
जानकारी केन्द्र
२०७९, फाल्गुन, २४
काठमाडौं । दार्चुलामा भारतीय नागरिक सवार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य पाँच जना घाइते भएका छन् । मधेस प्रदेश ०३–००–०३४० नम्बरको जीप महाकाली नगरपालिका–४ बांगाबगर खानेपानी ट्यांकी नजिक लास्कु खोलामा दुर्घटनामा परेको हो ।
दुर्घटनामा गम्भीर घाइते भएकी भारतको पिथौरागढ जिल्लाको धार्चुला सिमखोला बस्ने ६० वर्षीया कालीदेवी नेगीको उपचारको क्रममा जिल्ला अस्पताल दार्चुलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका गम्भीर अवस्थाका तीन जनालाई उपचारका लागि भारतको पिथौरागढ रेफर गरिएको छ । स्थानीय डुङरी मन्दिरमा पूजापाठको लागि गएकाहरु सवार जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
मिड भ्यालीको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न,अनुसन्धान र प्रविधिको प्रयोगमा जोड
ब्रहमाण्डका रहस्य खोतल्न नासाको ‘रोमन स्पेस टेलिस्कोप’ अन्तरिक्षमा
भोटेकोशी बाढीमा १,३५३ को मृत्यु,अझै ४ हजार बेपत्ता
नबिल बैंकले घोषणा गर्यो १५.८० प्रतिशत लाभांश
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

