एजेन्सी । होलीको पर्व आइपुगेको छ र धेरै सेलिब्रेटीहरूले होली खेलेका छन् । बलिउड सेलिब्रेटीहरू हरेक चाडपर्वलाई आफ्नो विशेष तरिकाले मनाउँछन् । उनीहरुको होली मनाउने तरिका पनि फरक छ । धेरै बलिउड सेलिब्रेटीहरूले रंगहरूको यो पर्वलाई विभिन्न तरिकाले मनाए । बलिउडमा खेलिएको यो भव्य होलीका केही झलकहरू हेरौं ।
करिना कपुर
करिना कपुरले आफ्ना छोराछोरीसँग होली मनाइन् । उनले केटाकेटीसँग छुट्टै तरिकाले सेलिब्रेट गरे । करिनाले इन्स्टाग्राममा आफ्ना फ्यानहरूसँग होली मनाउने तस्विरहरू पनि शेयर गरेकी छिन् । यी तस्विरहरूमा करिनासँगै उनका छोरा तैमुर र जेह रङमा भिजेको देखिएका छन् । कोही पिचकारीसँग खेलिरहेका छन् त कोहीले अरूलाई रङ लगाउने गरेका छन् । यी तस्विरमा करीना पनि होली खेल्दै देखिएकी छिन् ।
अनन्या पाण्डे
अनन्या पाण्डेले गुलाल खेलेर यो विशेष दिन मनाइन् । उनले पहेँलो पहिरन लगाएको तस्विर फ्यानसँग सेयर गरेका छन् । जसमा उनी गुलाल लगाएको देखिएकी छिन् ।
सिद्धार्थ मल्होत्रा
बलिउडका नवविवाहित जोडी सिद्धार्थ मल्होत्रा र कियारा आडवाणी पनि होलीमा एकअर्कालाई रङ लगाउँदै देखिएका छन् । उनीहरुले होलीमा सँगै रमाइलो गरेका थिए । सिद्धार्थले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा होली पर्वको विशेष तस्विर शेयर गरेका छन् । यसको क्याप्शनमा उनले लेखेका छन्, ‘श्रीमतीसँग पहिलो होली ।’
कृति सेनन
अभिनेत्री कृतिले पनि आफ्नी बहिनी र परिवारसँग होली मनाउँदै गरेको तस्विर सामाजिक सञ्जालमा सेयर गरेकी छिन् ।
कार्तिक आर्यन
कार्तिक आर्यनले यसपटक अमेरिकामा होली मनाएका छन् । उनले आफ्नो फ्यानसँग यसको तस्विर पनि सेयर गरेका छन् ।
करिश्मा कपुर
करिश्माले सोलो तस्बिर सामाजिक सञ्जालमा सेयर गरेकी छिन्, जसमा उनी सेतो कुर्तामा रंगसँग खेलिरहेको देखिएकी छिन् ।
कट्रिना कैफ
क्यूट जोडी क्याट-विकले पनि आफ्नो परिवारसँग होली खेल्ने तस्विर सामाजिक सञ्जालमा सेयर गरेका छन्, जसलाई फ्यानहरूले निकै मन पराइरहेका छन् ।
फरहान अख्तर
फरहानका बुबा जावेदले आफ्नो घरमा होली पार्टी आयोजना गरेका थिए । जसमा फरहान अख्तरले धमाकेदार देखिएका थिए । अभिनेताले आफ्नो इन्स्टाग्राम अकाउन्टमा पनि आफ्नो तस्विर शेयर गरेका छन् । साथै उनले फ्यानहरुलाई होलीको शुभकामना समेत दिएका छन् ।