Jankari Kendra
१७ भाद्र २०८३, बुधबार
Worldlink

पपुवा न्युगिनीलाई २ सय ९८ रनको लक्ष्य

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, फाल्गुन, २५
पपुवा न्युगिनीलाई २ सय ९८ रनको लक्ष्य

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालले पपुवा न्युगिनी पीएनजीलाई २ सय ९८ रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले ४९. १ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ९७ रन जोडेको छ।

नेपालका लागि ओपनर आशिफ शेखले शतकीयपारि खेलेका छन्। उनले ११० बलमा १२ चौका र २ छक्काको मद्धतले ११० रन जोडे।

अर्का ओपनर कुशुल भुर्तेलले ५६ बलमा ६ चौका प्रहार गर्दै ४५ रन जोड्दा भिम सार्कीले ३८ बलमा ४४ रन जोडे।

कप्तान रोहित पौडेलले ३९ बलमा ३० रन जोड्दा आरिफ शेखले १३ बलमा १५ रन जोडे।

पीएनजीका लागि सेमो कमीएले सर्वाधिक ५ विकेट लिए।

यस्तै, रिलेय हेकुरेले ३ विकेट लिए।

Top Changing Nepal

युट्युब सट्स