माओवादी घटकले आज संयुक्त पत्रकार सम्मेलन गर्दै
काठमाडौँ । माओवादी घटक दलहरूले आइतबार संयुक्त पत्रकार सम्मेलन गर्दैछन् । सशस्त्र युद्धकालीन मुद्दालाई सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट हेर्न थालेकोमा आपत्ति जनाएका माओवादी घटकले दिउँसो २ बजे पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्न लागेको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने उक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी घटक दलका सबै शीर्ष नेताहरू, नागरिक समाज, कानुन व्यवसायी, पत्रकार र शान्ति प्रक्रियासँग सम्बन्धित सरोकारवालाहरु उपस्थित रहने माओवादीका एक नेताले जानकारी दिए ।
तीन वर्षअघि ०७६ को माघीमा टुँडिखेलमा आयोजित कार्यक्रममा द्वन्द्वकालमा मारिएका ५ हजारको आफूले जिम्मा लिने भनी प्रचण्डले दिएको अभिव्यक्तिको आधारमा उनीमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट परेको थियो । सर्वोच्चले २०७९ फागुन १९ गते शुक्रबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको थियो ।
उक्त आदेशपछि फागुन २३ गते मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरणसहितले एउटा रिट र कल्याण बुढाथोकीसहितले अर्को रिट दर्ता गराएका हुन् । माओवादीले जनयुद्ध, ६२र६३ को आन्दोलन र त्यसको जगमा भएको बृहत शान्ति सम्झौतालगायतका विरुद्धमा हुने कुनैपनि गतिविधिलाई अस्वीकार गर्ने जनाइरहेको छ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
