ओस्कार अवार्डको संसारभर किन छ क्रेज, कसरी भएको थियो सुरुवात ?
एजेन्सी । ओस्कारलाई लिएर विश्वभरका स्टारहरुमा निकै क्रेज छ । यतिबेला ९५ औं ओस्कर अवार्डको चर्चा जताततै भइरहेको छ । अवार्ड समारोहको सबै तयारी पनि भइसकेको छ । तर, त्यो भन्दा पहिले जानौं किन स्टारहरु यसको लागि यति उत्सुक छन् र कसरी सुरु भएको थियो रु
ओस्कार फिल्म उद्योगको सबैभन्दा ठूलो अवार्ड
ओस्कार एकेडेमी अवार्ड, जसलाई ओस्कर अवार्ड पनि भनिन्छ, चलचित्र जगतको सबैभन्दा ठूलो अवार्ड हो । यो अमेरिकाको एकेडेमी अफ मोशन पिक्चर आर्ट्स एण्ड साइन्सेसले फिल्म निर्देशक, अभिनेता, लेखक र फिल्म जगतसँग सम्बन्धित व्यक्तीहरूलाई उनीहरूको उत्कृष्ट कामको सम्मान गर्न प्रदान गर्दछ ।
यी व्यक्ती मिलेर बनाएका थिए ओस्कर अवार्डको योजना
एकेडेमी अफ मोसन पिक्चर आर्ट्स एन्ड साइन्सेसको स्थापना १९२७ मा मोशन पिक्चर उद्योगका सबैभन्दा प्रतिष्ठित व्यक्तिहरू मध्ये ३६ जनाले मिलेर सुरु गरेका थिए । १९२७ को प्रारम्भमा, लुइस बी मेयर, एमजीएम स्टुडियोका प्रमुख, मेयर र उनका तीन अतिथिहरू, अभिनेता कोनराड नागेल, निर्देशक फ्रेड निब्लो र निर्माता फेडे बीट्सनले सम्पूर्ण फिल्म उद्योगलाई फाइदा पुग्ने योजना सहित संस्था गठन गर्ने योजना बनाएका थिए ।
ओस्कार अवार्डका लागि राखिएको थियो प्रस्ताव
यी व्यक्तिहरूले चलचित्र सृजनात्मक कार्यसँग सम्बन्धित व्यक्तिहरूको अगाडि यो प्रस्ताव राख्ने योजना बनाएका थिए । त्यसपछि ११ जनवरी १९२७ मा लस एन्जलसको एम्बेसेडर होटलमा डिनर पार्टी भयो । ११ मे १९२७ मा एकेडेमीलाई एनजीओको रूपमा राज्यले चार्टर प्रदान गरेपछि बिल्ट मोर होटलमा औपचारिक भोजको आयोजना गरियो । त्यसपछि ३०० अतिथिहरू मध्ये २३० जनाले १०० डलर शुल्क तिरेर एकेडेमीको सदस्यता लिएका थिए ।
पहिलो ओस्कार अवार्ड आयोजना
हलिउड रुजवेल्ट होटलमा पहिलो एकेडेमी अवार्ड समारोह आयोजना गरिएको थियो । १६ मे १९२९ मा होटलको ब्लसम रुममा भएको डिनरमा २७० जना सहभागी थिए । यो टिकटको साथ एक सशुल्क कार्यक्रम थियो, जसको लागि ५ डलर तिर्नुपर्ने थियो । सन् १९२९ मा दिइएका यो अवार्ड सन् १९२७–१९२८ सम्म बनेका फिल्मसँग सम्बन्धित १५ जनालाई प्रदान गरिएको थियो ।
समयसँगै परिवर्तन
सन् १९२९ मा पहिलो ओस्कार अवार्ड आयोजना हुँदा तीन महिनाअघि विजेताहरूको नाम घोषणा गरिएको थियो । दोस्रो ओस्कार अवार्ड समारोहको क्रममा आयोजकले कार्यविधि परिवर्तन गरी अवार्ड समारोहको अन्तिम रात ११ बजे विजेताको सूची मिडियालाई दिएको थियो । यो परम्परा १९४१ सम्म जारी रह्यो । १९४१ पछि, विजेताहरूको नाम समारोहमा नै घोषणा गर्न थालियो ।
सुरुमा प्लास्टरको बनाइएको थियो ट्रफी
१९२७ मा, एकेडेमी अफ मोशन पिक्चर्स आर्ट्स एन्ड साइन्सले धेरै लस एन्जलस कलाकारहरूलाई ओस्कर पुरस्कार ट्रफीको लागि आफ्नो डिजाइन पेश गर्न आग्रह गर्यो । विभिन्न डिजाइनहरू मध्ये, मूर्तिकार जर्ज स्टेनली द्वारा बनाईएको एक रुचाइएको थियो । तर, त्यसबेला दोस्रो विश्वयुद्ध चलिरहेको थियो र त्यसका कारण धातुको ठूलो अभाव थियो, त्यसैले तीन वर्षसम्म प्लास्टरको सहयोगमा यो ट्रफी तयार गरिएको थियो ।
संसारभरका चलचित्रहरूलाई निमन्त्रणा
हलिउड फिल्महरू मुख्य रूपमा ओस्कारका लागि छनोट हुन्छन् । तर, यस अवार्ड समारोहमा ‘उत्कृष्ट विदेशी भाषाको फिल्म’को विधा पनि छ । यस श्रेणीको लागि, ओस्कर एकेडेमीले संसारभरका चलचित्रहरूलाई निम्तो दिन्छ ।
सम्बन्धित समाचार
५० वर्षमा बदलिएको नेपालको अटोमोबाइल यात्राः आयातकर्ताबाट उत्पादन तर्फको सुरुवात
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

