रास्वपाले डाक्यो संयुक्त बैठक, उपराष्ट्रपति निर्वाचनबारे छलफल गरिने
जानकारी केन्द्र
२०७९, चैत्र, २
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीको पदाधिकारी र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । शुक्रबार बिहान ११ः३० बजे बसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा उपराष्ट्रपति निर्वाचनबारे छलफल गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।
सहमहामन्त्री बुर्लाकोटीका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्नेबारेमा निर्णय लिनेछ । यसैगरी, समसामयिक परिस्थितिबारे पनि छलफल हुनेछ ।
उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ । निर्वाचनमा १० दलीय गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र नागरिक उन्मुक्ति पार्टीकी ममता झाले उम्मेदवारी दिएका छन् । यता नेकपा एमालेबाट उपाध्यक्ष अष्ट्रलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् ।
सम्बन्धित समाचार
आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डमा नबिल बैंकलाई ‘ बेस्ट कमर्सियल बैंक,(नेपाल)’ सम्मान
अफ्रिकन वुमेन्स फुटबल भोलिदेखि, १६ राष्ट्र सहभागी हुदैँ
राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
यस्तो छ आजको मौसम पुर्वानुमान
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
स्वास्थ्य बीमा बोर्डद्वारा २५ अर्ब ४८ करोडभन्दा बढी दाबी भुक्तानी
ट्रेन्डिङ
२०८३ साउन ९ गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
रणवीर सिंहको ‘प्रलय’ मा प्रियदर्शनकी छोरी कल्याणी मुख्य अभिनेत्री
किन बिएडब्लु ब्रम्बीको रियर-ह्विल-ड्राइभ प्रविधि काठमाडौंका साँघुरा सडकका लागि विशेष छ?
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?