नेपाललाई ३ सय ११ रनको लक्ष्य
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिकोणात्मक सिरिज अन्तर्गत अन्तिम खेल युएईले नेपाललाई ३ सय ११ रनको लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय १० रन जोडेको हो।
युएईका लागि भृटया अरबिन्दले ९५ रनको योगदान गरे। उनले १३८ बलमा ८ चौका र २ छक्काको मद्धतमा ९४ रन जोडे।
यस्तै ओपनीङ्ग ब्याटिङ गर्न आएका युएईका कप्तान मुहम्मद वासीमले आक्रमिक सुरुआती गरे। उनले ४९ बलमा ६ छक्का र २ चौका प्रहार गर्दै ६३ रन जोडे। उनको आक्रमक लयलाई सन्दीप लामिछाने एलबीडब्लु गर्दै पवेलीयन फर्काए।
वासीमको आक्रमक लयलाई युएईका अर्का ब्याट्सम्यान आशीफ खानले कायम राखे। शतकीय पारि खेल्दै खानले ४२ बलमा ११ छक्का र ४ चौका प्रहार गर्दै १ सय १ रन जोडे।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिँदा ललित राजवंशी, सोमपाल कामी र सन्दीप लामिछानेले समान १र१ विकेट लिए।
सन्दीपले १० ओभर बलिङ् गर्दै सर्वाधिक ८० रन खर्चिएर १ विकेट लिए।
सोमपाल कामीले ९ ओभर बलिङ गर्दा १ ओभर मेडिन राख्दै ७४ रन खर्चिएर १ विकेट लिए।
यस्तै, गुल्शन झाले ८ ओभरमा ६३ रन खर्चिएर विकेट विहीन बने।
यो खेल नेपाल र युएईका लागि निकै महत्वपूर्ण रहेको छ।
खेल नेपालले जिते विश्वकपको ग्लोबल छनोटमा पुग्नेछ भने युएईले जिते विश्वकप लिग २ मा स्थान जोगाउन सफल हुनेछ।
सम्बन्धित समाचार
डिओमान्डे बने इतिहासकै सबैभन्दा महँगा अफ्रिकी फुटबल खेलाडी
विश्वकप फाइनलमा विवादमा परेका अजेन्टिनाका ३ खेलाडीलाई पिफाको कारबाही
जापानमा ५ हजार खेलाडीलाई खेल अवधिभर पानीजहाजमै राखिने
फिफा बिजेता स्पेनिस कप्तान रोड्री ६.८४ करोड डलरमा बार्सिलोनामा
आर्सनलले अनुबन्ध गर्यो गुइमारेसलाई ७५ मिलियन डलरमा
लियोनल मेस्सीको पीता जर्ज मेसीको ६८ बर्षको उमेरमा निधन
ट्रेन्डिङ
२०८३ भदौं १४ गते आईतवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं ११ गते बिहिवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
२०८३ भदौं १२ गते शुक्रवार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १३ गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल

