• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
    • Social Media
×
आइतबार, माघ २६, २०८२
आइतबार, माघ २६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
      • Social Media
  • ☰

भर्खरै

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?

सागर ग्रुपद्वारा आईटी एक्स्पो आयोजना हुँदै

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

२०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

  • २. बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

  • ३. २०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

  • ४. एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

  • ५. २०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ६. २०८२ माघ २३ गते शुक्रबार, यस्तो छ तपाईको आजको राशिफल

  • ७. २०८२ माघ २४ गते शनिबार, यस्तो छ तपाईको आजको राशिफल

  • ८. देशकै महत्वपूर्ण शैक्षिक प्रतियोगिता ‘ग्लोबल म्याथ डिबेट लिग’ सञ्चालन हुँदै

  • ९. इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक

  • १०. २०८२ माघ २५ गते आइतबार, यस्तो छ तपाईको आजको राशिफल

यी हुन् विश्वकप क्वालिफायरका लागि नेपाली क्रिकेट टोलीले गर्नुपर्ने पूर्वतयारी

बीबीसी । नेपाली क्रिकेट इतिहासमै राष्ट्रिय क्रिकेट खेलाडीहरू महिनाभरि यसरी कहिल्यै व्यस्त हुनु परेको थिएन । कोभिड-१९ महामारीका कारण हुन नसकेका विश्वकप लिग-२ का खेलहरू सम्पन्न गर्नैपर्ने बाध्यताले गर्दा टोलीले लगातार खेल्नु पर्‍यो । त्यसले नेपाली क्रिकेटलाई निकै फाइदा पुर्‍याएको पनि छ ।

लिग-२ को चार वर्षे चक्रको अन्त्यसँगै नेपालको अर्को गन्तव्यको पनि सुरुवात भइसकेको छ, त्यो हो-‘विश्वकप ग्लोबल क्वालिफायर’ । विश्वकपमा पुग्ने अन्तिम ढोका अर्थात् यो ‘सेमी विश्वकप’ प्रतिस्पर्धा हो, जहाँ नेपालले श्रीलङ्का, दक्षिण अफ्रिका, वेष्टइन्डिज वा आयरल्यान्ड जस्ता टोलीको सामना गर्नुपर्नेछ ।

त्यसमा जिम्बाब्वे र नेदरल्यान्डस् त छँदैछन् । जिम्बाब्वेमा हुने यो यात्राका लागि नेपालसँग जम्मा तीन महिनाको समय छ । यसै बीचमा टेष्ट राष्ट्रसँग प्रतिस्पर्धा गर्न लायकको अबल खाले तयारी गर्नुपर्ने चुनौती नेपालसामू छ । त्यसका लागि नेपाल क्रिकेट सङ्घले केही आवश्यकता पूरा गर्नुपर्ने क्रिकेट विज्ञहरू बताइरहेका छन् ।

बलिङ प्रशिक्षक
‘बलिङ प्रशिक्षक’ नेपाली टीमको पहिलो आवश्यकता देखिन्छ । नेपालका भारतीय प्रशिक्षक मोन्टी देशाईको विज्ञता ब्याटिङ प्रशिक्षणमा छ । त्यसको नमुना लिग-२ मा नेपाली ब्याटिङमा भएको व्यापक सुधारमा देखियो । तर जिम्बाब्वेको मौसम र पिचको अवस्था भने तीव्र गतिका बलरहरूलाई फाइदा पुग्ने खालको रहेको बताइन्छ ।

राष्ट्रिय क्रिकेट टोलीका पूर्व खेलाडी आमिर अख्तर भन्छन्, “जिम्बाब्वेको पिच बाउन्सी विकेटको छ । त्यहाँ बलहरू धेरै मुभ हुने सम्भावना छ । फेरि जुन महिनामा त्यहाँको मौसम चिसो हुन्छ । त्यस्तो अवस्थामा तेज गतिका बलर बढी हाबी हुनेछन् । त्यसैले टोलीमा बलिङ प्रशिक्षक जरुरी छ ।”

नेपाली तेज बलरहरू सोमपाल कामी, करण केसी, गुलशन झाहरूको भूमिका त्यहाँ महत्वपूर्ण हुन सक्ने ठानिएको छ । एकदिवसीय प्रतिस्पर्धामा नेपालले निकै तेज गतिको बलको सामना गर्नु परेको छैन । टेष्ट राष्ट्रका तेज बलरहरूलाई झेल्नु नेपाली ब्याटरका लागि मुख्य चुनौती हुने पक्का छ ।

सशक्त प्रतिद्धन्दी आवश्यक
तीन महिनाको बीचमा नेपालले ठूला टेष्ट राष्ट्रहरूसँग अन्तरदेशीय श्रृङ्खला खेल्नु जिम्बाब्वे पुग्नु अगाडि गर्नुपर्ने अर्को तयारी हो । अब ठूलो खेलका लागि ठूलै सोच र ठूलै तयारी गर्न नेपाल क्रिकेट सङ्घ पछि पर्नुपर्ने अवस्था नरहेको कतिपयको भनाइ छ ।

नेपाल विश्वकप क्वालिफायरमा पुगेपछिको पोष्ट म्याच प्रेस कन्फ्रेन्समा प्रशिक्षक मोन्टी देशाईले त्यसतर्फ सङ्केत पनि गरेका थिए । उनले भनेका थिए, “अब छिमेकी देशले पनि नेपाली क्रिकेटलाई सहयोग गर्नुपर्छ । सहकार्य जरुरी छ । अन्तरदेशीय सिरिज नेपाललाई आवश्यक छ ।”

क्वालिफायरमा खेल्ने अन्य राष्ट्रहरू पनि श्रृङ्खला खेल्न व्यस्त भइसकेका छन् । भर्खरै मात्र नेदरल्यन्डस्‌ले दक्षिण अफ्रिकासँग खेलेको थियो । लिग(२ कै तयारीको क्रममा युएईले अफगानिस्तानसँग खेलेर आएको थियो ।

त्यस्तै स्कटल्यान्डले इङ्ल्यान्डसँग खेल्ने तय भइसकेको छ । पूर्व राष्ट्रिय खेलाडी दीपेन्द्र चौधरी भन्छन्, “बाङ्ग्लादेश, पाकिस्तान, अफगानिस्तान जस्ता छिमेकी राष्ट्रसँग खेल्न पाए नेपालको तयारीमा राम्रो बल पुग्नेछ ।”

एसीसी प्रिमियर कपको आयोजना
यसैबीच नेपालमा एसीसी प्रिमियर कप क्रिकेटको आयोजना हुँदैछ । काठमान्डूमा आगामी वैशाख ११ गतेदेखि २५ गतेसम्म हुने प्रतियोगितामा १० टोली छन् । त्यसमा नेपालको समुहमा यूएई, कुवेत, साउदी अरेबिया र कतार छन् । अर्को समूहमा ओमान, बाहरेन, मलेशिया, सिङ्गापुर र हङ्कङ छन् ।

विजेता टोलीले एशिया कपमा बाङ्ग्लादेश र अफगानिस्तान रहेको समूहमा प्रतिस्पर्धा गर्नेछ । अर्को समूहमा भारत, पाकिस्तान र श्रीलङ्का छन् । प्रिमियर कपको विजेता एशिया कपमा छनोट हुने भएकोले उक्त प्रतियोगिता त्यतिकै महत्वपूर्ण देखिन्छ ।

प्रिमियर कपले नेपाली टोलीलाई व्यस्त बनाए पनि त्यो विश्वकप क्वालिफायरका लागि कमै मात्र उपयोगी हुने ठानिएको छ । सशक्त प्रतिद्धन्दी नभएका कारण सो प्रतिस्पर्धा क्वालिफायरका लागि खासै मद्दत पुर्‍याउने खालको नहुन सक्छ ।

इङ्ल्यान्ड जानु उपयुक्त
त्यसैले जिम्बाब्वे पुग्नु अगाडि इङ्ल्यान्डमा गएर तयारी गर्न सके त्यो निकै उपयुक्त हुने पूर्व राष्ट्रिय खेलाडी अख्तर बताउँछन् । वैशाखको अन्तिम साता प्रिमियर कप सकिएपछि नेपालसँग तयारीका लागि एक महिना रहनेछ ।

त्यतिबेला इङ्ल्यान्डको काउन्टी टिमसँग कम्तीमा पाँचवटा खेल खेल्दा राम्रो हुने बताउँदै पूर्व खेलाडी अख्तर भन्छन्, “जेठमा नेपालमा गर्मी नै हुन्छ । तर इङ्ल्यान्ड र जिम्बाब्वेको मौसम मिल्दोजुल्दो हुनेछ र पिचको अवस्था पनि । यसले नेपाली टोलीलाई अभ्यस्त हुन सहयोग पुर्‍याउनेछ र जिम्बाब्वेमा खेल्न सजिलो हुनेछ ।”

सङ्घको तयारी
नेपाल क्रिकेट सङ्घ (क्यान) अहिले एसीसी प्रिमियर कपको तयारीमा व्यस्त भइसकेको छ । नेपालले १० वर्षपछि एसियाली क्रिकेट काउन्सिल (एसीसी) को प्रतिस्पर्धा आयोजना गर्ने मौका पाएकाले आयोजक क्यानका लागि यसको महत्व बेग्लै छ ।

विश्वकप क्वालिफायरका लागि पनि योजना बन्ने क्रममा रहेको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठक बताउँछन् । उनले भने, “अहिले प्रशिक्षक देशाई १० दिनका लागि छुट्टीमा जानु भएको छ । उहाँ आएपछि यस विषयमा छलफल हुनेछ । हामीले थुप्रै योजनाबारे सोचिरहेका छौँ ।”

लिग-२ का लागि एक महिना व्यस्त भएपछि देशाई थकाइ मार्न भारत गएका हुन् । तर उनले नेपाल क्वालिफायरमा पुग्नासाथ भनिसकेका छन्, “अब हामी केही नयाँ रणनीतिका साथ आउनेछौँ ।”

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
नेप्सेमा १०.२५ अंकको गिरावट
नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

लोकप्रिय

२०८२ माघ २१ गते बुधबार, यस्तो छ तपाईको आजको राशिफल

बजाजले ल्यायो ‘नयाँ जीवनको भरपर्दो सहयात्री’ अफर

२०८२ माघ २० गते मंगलबार, यस्तो छ तपाईको आजको राशिफल

एलआरआर मोटर्सद्धारा जिली ईएक्स ५ को २०२६ मोडल सार्वजनिक : थपिए नयाँ सुबिधा

२०८२ माघ २२ गते बिहिबार, यस्तो छ तपाईको आजको राशिफल

ताजा

२०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

नेप्सेमा १०.२५ अंकको गिरावट

नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार

वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • २०८२ माघ २६ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • नेप्सेमा १०.२५ अंकको गिरावट
  • नेपाल बतास एमएडब्लू कमर्शियल भेहिकल्सद्वारा इटहरीमा नयाँ थ्री एस फ्यासिलिटी सहित भोल्भो आइशर नेटवर्कको विस्तार
  • वायु प्रदूषण अस्वस्थ बन्दै : काठमाडौं उपत्यका विश्वका प्रदूषित सहरमध्ये सातौँ स्थानमा
  • अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप संकलन गर्ने

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.