नेप्सेमा गिरावट, ५.३२ अंकले घटेर १९३३.१ विन्दु
काठमाडौँ । आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा गिरावट आएको छ । आज नेप्से ६.९० अंकले घटेर १ हजार ९ सय २६.४० विन्दु कायम भएको हो । गत साता को अन्तिम दिन बिहिबार पनि नेप्सेमा गिरावट आएको थियो । बिहिबार नेप्से ५.३२ अंकले घटेर १९३३.१ विन्दु कायम भएको हो ।
आज नेप्सेमा १ अर्ब ०६ कारेड ९८ लाख बराबरको कारोबार भएको हो । आज कारोबार भएका कम्पनीमध्ये ७४ वटा कम्पनीको सेयरमूल्य बढेको छ भने १२७ कम्पनीको सेयरमूल्य घटेको छ । त्यस्तै १२ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ। आज नेप्से घटेपनि हिमालयन डिस्टीलेरी लिमिटेडको कारोबार अब्बल रह्यो ।
सेयर बजारमा सामान्य अंकले गिरावट आएतापनि तिन कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । आज मानुसी लघुवित्त, शुभम पावर र यनिक्यु नेपाल लघुवित्तको शेयरमा सर्किट लागेको छ । त्यस्तै, ग्रिन भेन्चर, एनआइबिएल लगायतका अन्य कम्पनीको शेयरमा सकरात्मक सुधार आएको छ।
आज सेयर बजारमा एक अर्ब ६ करोडमाथिको कारोबार हुँदा सर्वाधिक हिमालयन डिष्टिलरीको ६ करोड १० लाख रुपैयाँ माथिको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोड ५ लाख, एनआइसी एशिया बैंकको ४ करोड, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ९१ लाख र नबिल बैंकको ३ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
आज सेयर बजारमा सामान्य अंकले गिरावट आएसँगै सानिमा ग्रोथ फण्डको सबैभन्दा बढी प्रतिशतले सेयर मूल्य घटेको छ । त्यस्तै, सिर्जनशील लघुवित्त, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्त, मिथिल्ला लघुवित्त लगायत अन्य कम्पनीको सेयर मूल्य घटेको छ ।
सम्बन्धित समाचार
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
एलजीको वाटर प्युरिफायर नेपाली बजारमा
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
ट्रेन्डिङ
चेरी क्यु नेपाल–चीन सीमा नाकामा, नेपाल प्रवेशका लागि तयार
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
