कैलालीमा ट्याक्टर दुर्घटना : २ को मृत्यु, ३० जना घाईते
धनगढी । कैलालीमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३० जना घाईते भएका छन् । सोमबार साँझ जोशीपुर गाउँपालिका वडा नं ७ हजारी बारामा से १ त ८८७० नम्बरको ट्याक्टर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ट्याक्टर दुर्घटनामा भजनी नगरपालिका वडा नम्बर ९ कि १५ वर्षिया चाहाना चौधरी र सोही ठाउँकी ४५ वर्षिया दिलरानी चौधरीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार भजनी नगरपालिका वडा नं ९ कुडीका स्थानीयहरु ट्याक्टर दुर्घटनामा परी २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दका अनुसार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ सुगरखाल आफन्तको घरमा पासनी खाएर फर्किने क्रममा ट्याक्टर दुर्घटना भएको हो ।
ईलाका प्रहरी कार्यालय जोशीपुरका अनुसार दुर्घटनामा परेर गम्भीर घाइते भएकाहरुलाई उपचार गर्न बर्दगोरिया अस्पताल बौनिया र घोडाघोडी अस्पताल सुखड पठाईएको छ ।
ट्याक्टर चालक फरार भएको र खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ । दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार शुभारम्भ
मधेशको धान खेतीमा सिँचाइ संकट,५०.५६५ क्षेत्र अझै सुविधाविहीन
आज देशभर भारी र मध्यम वर्षाको सम्भावना
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
बाढीपीडितको सम्पर्क सहज बनाउन एनसेलको निःशुल्क सेवा
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
ट्रेन्डिङ
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १६ गते मंगलबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

