मन्त्रिपरिषद् विस्तारमा प्रचण्डलाई सकस– महत्वपूर्ण मन्त्रालयमा कांग्रेसको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साताभित्र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । गत पुष १० मा नेकपा (एमाले) को समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । उनले गत चैत्र छ गते पुनः विस्वासको मत लिइसकेका छन् । प्रचण्डलाई १० दल र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका थिए ।
यो सँगै प्रधानमन्त्री प्रचण्ड १० दलीय सत्ता गठबन्धनको सहमतिमै मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । अहिले १६ वटा मन्त्रालयको बोझ स्वयम् प्रधानमन्त्रीमा रहेको छ । यतिधेरै मन्त्रालय प्रधानमन्त्रीमा रहँदा दैनिक काम कारबाही नै प्रभावित हुने गरेको भनेर उनको आलोचनासमेत हुन थालेको छ ।
प्रचण्ड निकट स्रोतका अनुसार उनी अहिले मन्त्रालय भागबण्डा मिलाउन छलफलमा जुटेका छन् । अबको दुई दिनभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने उनी निकट स्रोतको भनाई छ । अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउँदा कांग्रेसको भागमा ६ देखि ८ मन्त्रालय पर्ने भएपनि कांग्रेसले अहिले १० वटा मन्त्रालयको अडान नछाड्दा प्रचण्डलाई थप सकस परेको छ ।
गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी रहेको छ । त्यसैगरी, अर्थ मन्त्रालयमा माओवादी र कांग्रेसको दाबी रहेको छ । यद्यपि प्रचण्ड यी दुई मन्त्रालय आफ्नै पार्टीमा राख्न चाहन्छन् । यी मन्त्रालयमा कुरा नमिल्दा प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमा थप सकस भएको छ ।
सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि

