मन्त्रिपरिषद् विस्तारमा प्रचण्डलाई सकस– महत्वपूर्ण मन्त्रालयमा कांग्रेसको दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साताभित्र मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । गत पुष १० मा नेकपा (एमाले) को समर्थनबाट प्रधानमन्त्री बनेका प्रचण्ड एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएसँगै उनी अल्पमतमा परेका थिए । उनले गत चैत्र छ गते पुनः विस्वासको मत लिइसकेका छन् । प्रचण्डलाई १० दल र केही स्वतन्त्र सांसदहरुले विश्वासको मत दिएका थिए ।
यो सँगै प्रधानमन्त्री प्रचण्ड १० दलीय सत्ता गठबन्धनको सहमतिमै मन्त्रिपरिषद विस्तारको तयारीमा छन् । अहिले १६ वटा मन्त्रालयको बोझ स्वयम् प्रधानमन्त्रीमा रहेको छ । यतिधेरै मन्त्रालय प्रधानमन्त्रीमा रहँदा दैनिक काम कारबाही नै प्रभावित हुने गरेको भनेर उनको आलोचनासमेत हुन थालेको छ ।
प्रचण्ड निकट स्रोतका अनुसार उनी अहिले मन्त्रालय भागबण्डा मिलाउन छलफलमा जुटेका छन् । अबको दुई दिनभित्र मन्त्रिपरिषद विस्तार भइसक्ने उनी निकट स्रोतको भनाई छ । अहिले प्रधानमन्त्रीलाई विश्वासको मत दिने सबै दललाई सरकारमा सहभागी गराउँदा कांग्रेसको भागमा ६ देखि ८ मन्त्रालय पर्ने भएपनि कांग्रेसले अहिले १० वटा मन्त्रालयको अडान नछाड्दा प्रचण्डलाई थप सकस परेको छ ।
गृह मन्त्रालयमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय स्वतन्त्र पार्टीको दाबी रहेको छ । त्यसैगरी, अर्थ मन्त्रालयमा माओवादी र कांग्रेसको दाबी रहेको छ । यद्यपि प्रचण्ड यी दुई मन्त्रालय आफ्नै पार्टीमा राख्न चाहन्छन् । यी मन्त्रालयमा कुरा नमिल्दा प्रचण्डलाई मन्त्रिपरिषद विस्तारमा थप सकस भएको छ ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
