एसइईमा उत्कृष्ट जिपिए ल्याउनेलाई नगदसहित सम्मान गरिने
सिमकोट । हुम्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले विद्यार्थीलाई प्रोत्साहित गर्ने उदेश्यले एसइई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गर्ने भएको छ । गाउँपालिकाले यस वर्षदेखि सञ्चालनमा ल्याएको विद्यार्थी प्रोत्साहन कार्यक्रमअन्तर्गत पालिकाभित्रका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको जनाइएको छ ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसइई परीक्षामा तीन दशमलव छ जिपिए ल्याएर एसइई पास गरेका विद्यार्थीलाई सम्मान गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष विजय भण्डरीले जानकारी दिए। उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन होस् भन्ने उद्देश्यले उत्कृष्ट नतिजा हासिल गर्न सफल विद्यार्थीलाई सम्मान गर्ने कार्यपालिकाले निणर्य गरेको प्रमुख प्रशासकिय अधिकृत उजिर रोकायाले बताए ।
गाउँपालिकाले आफ्ना मातहतका सामुदायिक विद्यालयका विद्यार्थीलाई नगद रु १० हजारका दरले प्रोत्साहनस्वरूप सम्मान गर्ने तयारी गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्षमा गुणस्तरीय शिक्षाको विकासका लागि विद्यार्थीलाई प्रोत्साहन स्वरुप सामान गर्न लागेको छ ।
सम्बन्धित समाचार
रामाडा बाइ विन्डह्यामको गन्तव्य प्रवर्द्धन यात्रा, पूर्वी नेपाललाई पर्यटनको नयाँ केन्द्र बनाउने लक्ष्य
विराटनगरमा खुल्यो नेपालको सबैभन्दा ठूलो २८ औँ सीजी डिजीटल शोरुम
भेस्पाको नयाँ १५० सीसी स्कुटर असोज २६ गते सार्वजनिक हुँदै
काठमाडौँको सफलतापछि अब क्षेत्रीय २० शहरहरूमा एकै साथ नयाँ ‘ब्लु यामाहा एक्सएसआर १५५’ को अनावरण
आज तराईका केही भूभागमा बिहानपख हुस्सु लाग्ने
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
