प्रहरीको कुटाइबाट गम्भीर घाइते नेता लिम्बूको निधन
काठमाडौं । कोशी प्रदेश नाम खारेजीको आन्दोलनमा गम्भीर घाइते भएका संघीय लिम्बुवान मञ्चका केन्द्रीय उप(कमान्डर पदम सुक्वाबा लिम्बू को निधन भएको छ ।
गत चैत ५ गते विराटनगरमा भएको कोशी प्रदेश खारेजीको आन्दोलनमा प्रहरीको लाठी चार्ज बाट घाइते भएको उनको उपचारको क्रममा आज विहान धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार लिम्बूको आज विहान साढे २ बजे निधन भएको हो । प्रहरीको लाठी चार्चका क्रममा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।
उनी चैत ८ गते अचनाक बेहोस भएको थिए । ४२ वर्षीय मृतक पदम तेह्रथुमको म्याङ्लुङ नगरपालिका–९ साब्ला पार्टिगाउका स्थायी बासिन्दा हुन् ।
प्रदेश–१ को नाम कोशी राखिएपछि विभिन्न पहिचानवादी दलहरुकाले विभिन्न स्थानमा विरोध तथा प्रदर्शन गरिरहेका छन् । २०७९ साल फाल्गुण १७ गते बसेको प्रदेश सभाको बैठकले बहुमतमार्फत कोशी प्रदेश नाम पारित गरेको थियो ।
सम्बन्धित समाचार
अत्याधुनिक फिचरले भरिएको फराइजनको भी ७ ई ईभी भ्यान नाडा अटो शोमा सार्वजनिक
नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक
आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
ग्राहकको मागपछि जेको जे५ प्रो को विशेष अफर : अब रु. ४७ लाख ९९ हजारमै
टोयोटाको विजय उत्सव सुरु : दशैंसम्म आकर्षक अफर
कामना सेवा विकास बैंकले बोलायो साधारणसभा, १५ प्रतिशत नगद लाभांश प्रस्ताव
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ८ गते सोमबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

