गाउँलेलाई चट्याङबाट जोगाउन ‘अर्थिङ टावर’
लमजुङ । गाउँलेलाई चट्याङबाट जोगाउन बेँसीसहर नगरपालिका–३ थुम्काडाँडा बस्तीमा ‘अर्थिङ टावर’ निर्माण गरिएको छ ।
उपभोक्ता समितिका अध्यक्ष तथा बेँसीसहर नगरपालिकाका निवर्तमान कार्यपालिका सदस्य अजय मजाकोटीले भने, “यहाँ चट्याङको उच्च जोखिम रहेकाले स्थानीयको जनधनको सुरक्षा गर्न छ ठाउँमा अर्थिङ टावर निर्माण गरेका छौँ, थुम्काडाँडा क्षेत्रका विश्वकर्मा गाउँ, मालुवागाउँ, खेताघर टोल, पुर्काङगाउँ, बानियागाउँ, मौरतीगाउँमा अर्थिङ टावर राखिएको छ ।”
अर्थिङ टावरको काम सबै स्थानीय बजारका प्राविधिकले गरेका थिए । अर्थिङ टावरले चट्याङको शक्तिलाई तानेर जमिनमा पु¥याएर नष्ट गरिदिने भएकाले गाउँमा अर्थिङ टावर राखिएको उनको भनाइ छ । उनले भने, “टावर निर्माण गरेसँगै यतिबेला ७५ घरका तीन सयभन्दा बढी स्थानीयसहित भौतिक संरचना र पशुपक्षी चट्याङबाट सुरक्षित बनेका छन् ।”
तीस फिट अग्लो फलामे पाइपमा तामाको ‘एन्टिना’ राखेर भुइँमा चार फिट गाडेर उक्त टावर निर्माण भएको बताइएको छ । उक्त एन्टिनाबाट तामाको तार लगेर नुन र कोइलासँगै गाडिएको तामाको पातामा जोडेर अर्थिङ गरिएको छ । नगरपालिका प्रमुख गुमानसिंह अर्यालले भने, “अर्थिङ टावर निर्माणका लागि चालु आवमा रु दुई लाख बजेट विनियोजन गरेर निर्माणका लागि सहयोग गरेका छौँ, यतिबेला निर्माणसमेत सम्पन्न भइसकेको छ ।”
नगरपालिकाको रु दुई लाखबाहेक अर्थिङ टावर निर्माणका लागि स्थानीयको नगद रु ५० हजार र रु ६० हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिले जनाएको छ । उक्त टावर निर्माणले चट्याङबाट हुन सक्ने क्षतिबाट केही सुरक्षित महसुस गरेको स्थानीयको भनाइ छ ।
सम्बन्धित समाचार
नाइमा अटो शो २०२६ : टोयोटाका गाडीमा रु तीनदेखि २१ लाख रुपैयाँसम्म छुट, दुई नयाँ मोडल सार्वजनिक हुँदै
महानायक राजेश हमाल बने प्रेसिडेन्ट, सुपर कमेडी लिगको औपचारिक घोषणा
यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?
देशभर मनसुनी वायुको प्रभाव, यी क्षेत्रमा भारी वर्षाको सम्भावना
महिलाहरू सम्मान गर्दै इसेवाले आयोजना गर्यो ‘श्रावण र शृङ्गार’ कार्यक्रम
साइमेक्सद्वारा देशभर ‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, सबै सर्भिस सेन्टरमा लागु
ट्रेन्डिङ
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस
नेप्से परिसूचकमा सामान्य अंकको गिरावट, ४ अर्ब ५४ करोडभन्दा बढीको कारोबार
मिड-भ्यालीको ‘बिल्ड नेपाल ह्याकाथन २०२६’मा बाँदर आतंकको समाधान खोज्ने ‘इनोभिजन समूह’ विजेता

