वसन्त कुँवर बने नेपाल प्रहरीको नयाँ आइजीपी
काठमाडौँ । सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) वसन्तबहादुर कुँवरलाई नेपाल प्रहरीको महानिरीक्षक (आइजीपीं) मा नियुक्त गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई आइजीपी बनाउने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
एआईजीमा बढुवा भएको एक सातामै कुँवर आईजीपी बनेका हुन्। धिरजप्रताप सिंह आजैदेखि बिदा हुने भएपछि कुँवर नेपाल प्रहरीको ३० औँ आईजीपी बनेका हुन्। कुँवरले अहिलेकै अवस्थामा २ वर्ष नेतृत्व गर्नेछन्। यद्यपि संघीय प्रहरी ऐन बनाउने तयारी अगाडी बढेकाले आईजीपीको कार्यकाल लम्बिने सम्भावना छ।
आइजीपीका दाबेदार मानिएका एआईजीहरु टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई पछि पार्दै कुँवर नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्न सफल भएका छन्। कुँवर एआइजीमा पहिलो नम्बरमा बढुवा भएका थिए। ३० वर्षे सेवा अवधि पुरा गरेर सिंहले अवकाश पाएका छन् । आइजीपी धिरजप्रताप सिंह आजैदेखि अवकाशमा जाँदै छन् ।
सम्बन्धित समाचार
नेपालका पाँच प्रमुख सहरमा चेरी क्यू को डेलिभरी सुरु, ४०० किलोमिटर रेन्जसहित बजारमा उपलब्ध
टिकटकको दोस्रो त्रैमासिक कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट सार्वजनिक, नेपालमा २० लाख भिडियो हटाइयो
चक्रवात ‘अर्नब’ को असर तीन प्रदेशमा केन्द्रित, सातै प्रदेशमा वर्षा जारी
एनएमबी बैँकका ग्राहकले अब विदेशमा सहजै रकम पठाउन सक्ने,भिसासँग नयाँ सम्झौता
पोखरामा कात्तिक १४ मा ‘पल्सर आरपीएम’ आयोजना हुँदै, स्टन्ट र स्ट्रीट कल्चर मुख्य आकर्षण
केन्टका आधुनिक इलेक्ट्रिक वाटर हिटरः प्रविधि, सुरक्षा र आरामदायी तातोपानीको उत्कृष्ट संयोजन
ट्रेन्डिङ
चितवन राइनोजसँग ८ रनले पराजित भयो विराटनगर किंग्स
२०८३ कार्तिक १२ गते बिहीवार ,यस्तो रहेको छ तपाईको आजको राशिफल
चालक नराखी गाडी चलाउने सरकारी अधिकारीले चालकको तलबसमेत पाउने
३ वर्षभित्र ८ शहरमा फ्लडलाइटसहितका क्रिकेट रंगशाला बनाउने सरकारको योजना
अब सात प्रदेशका नागरिकले काठमाडौँ उपत्यकाबाटै लिन सक्नेछन् नागरिकताको प्रतिलिपि
