Jankari Kendra
८ भाद्र २०८३, सोमबार
Worldlink

आकांक्षा दुबेले यी सुपरस्टारसँग फिल्ममा गरेकी थिइन् काम

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, चैत्र, १३
आकांक्षा दुबेले यी सुपरस्टारसँग फिल्ममा गरेकी थिइन् काम

एजेन्सी । भोजपुरी फिल्म उद्योगकी चर्चित अभिनेत्री आकांक्षा दुबेको शव वाराणसीस्थित सोमेन्द्र होटलको १०५ नम्बर कोठामा फेला परेको छ । उनले आत्महत्या गरेको बताइएको छ । अभिनेत्री एक फिल्मको सुटिङका ​​लागि २२ मार्चमा वाराणसी पुगेकी थिइन् ।

अभिनेत्रीले भोजपुरी गायक र अभिनेता समर सिंहसँग आफ्नो आधिकारिक इन्स्टाग्राम खातामा धेरै रिलहरू सेयर गर्ने गर्थे । उनले उनीसँग धेरै प्रोजेक्टमा पनि काम गरिसकेका छन् । यस वर्ष, १४ फेब्रुअरी २०२३ अर्थात् भ्यालेन्टाइन डे मा, उनले समर सिंहसँग दुई पोस्ट साझा गरेकी थिइन् ।

त्यस्तै भोजपुरीका मेगा स्टार पवन सिंहसँगको आकांक्षाको एल्बम पनि रिलिज भएको छ जसको नाम ‘आरा कभी हरा नही’ हो तर त्यसको केही घण्टापछि मात्रै उनले आत्महत्या गरेको सार्वजनिक भएको हो । सबै जना यो खबर सुनेर अचम्म र आश्चर्यमा छन् । रोएर परिवारको पनि हालत खराब छ ।

त्यसैगरी अभिनेत्री आकांक्षा दुबे भोजपुरी फिल्म उद्योगका सुपरस्टार खेसारी लालको अपोजिटमा देखिएकी थिइन् । आकांक्षाले अभिनेता तथा गायक राकेश मिश्रसँग पनि धेरै प्रोजेक्टमा काम गरिसकेकी छिन् । राकेश के मिश्र बिहारका हुन् ।

Top Changing Nepal

युट्युब सट्स