पाँच महिनादेखि मलेसियामा पाँच नेपाली अलपत्र
खोटाङ । खोटाङका दुईसहित पाँच नेपाली युवा पाँच महिनादेखि मलेसियामा अलपत्र छन् । वैदेशिक रोजगारीको सिलसिलामा गत कात्तिकमा मलेसिया पुगेका उनीहरु नेपालस्थित म्यानपावर कम्पनीका एजेन्टको लापरवाहीका कारण अलपत्र परेका हुन् ।
मलेसियामा अलपत्र पर्ने युवामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका सोम मगर, खोटाङकै केपिलासगढी गाउँपालिका–५ सप्तेश्वरका सुजन खड्का, भोजपुरको षडानन्द नगरपालिका–८ दिङ्लाका सुमन तामाङ र प्रकाश तामाङ तथा चितवनको खैरहनी नगरपालिका–१ बहेरीका सनम दराई रहेका छन् । मलेसियाको जलनसिहलास्थित एउटा घरको कोठामा बन्दी अवस्थामा रहेका उनीहरूले उद्धारका लागि विभिन्न सञ्चारमाध्यममार्फत हारगुहार गरिरहेका छन् ।
काठमाडौँको गौशलास्थित उत्सव म्यानपावर कम्पनीमार्फत मलेसिया पुगेका उनीहरूले फ्रि भिसा र फ्रि टिकट भए पनि फरक–फरक एजेन्टलाई फरक–फरक परिमाणको धरौटी रकम बुझाएको पाइएको छ । दैनिक आठ घन्टाका दरले हप्ताको छ दिन काम गर्नुपर्ने सम्झौता भए पनि अहिलेसम्म कुनै कम्पनीले जिम्मा नलिएको खार्मीका सोमले जानकारी दिएका छन् । “यहाँ ल्याएर छाडेपछि सुरुमा १८ दिन काम लगायो । अहिले हामी आएको पाँच महिना बितिसक्यो । कम्पनीका मान्छे भेट्नसमेत आएका छैनन्”, उनले भने, “नेपालस्थित म्यानपावर कम्पनीका प्रतिनिधिलाई फोन गर्दा विभिन्न बहाना बनाएर धम्की दिन थालेका छन् । हामीलाई बन्दी बनाएर राखिएको छ ।
सम्बन्धित समाचार
नाईमा अटो एक्स्पोमा डोङफेङ बस सार्वजनिक, कतिपर्छ मुल्य ?
मुक्तिनाथ विकास बैंकको नाफा १२.४४ प्रतिशत बढ्यो
नाइमा मोबिलिटी एक्स्पोमा अल्ट्राभायोलेट एक्स४७ क्रसओभर मोटरसाइकल सार्वजनिक, कतिपर्छ मुल्य ?
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
एप्पलले एआई क्षेत्रमा बलियो पकड बनाउन ३० भन्दा बढी किन्यो स्टार्टअप
माउन्ट एभरेष्ट पावरको ८६ लाख कित्ता शेयर नेप्सेमा सूचीकृत
ट्रेन्डिङ
माफी मागेकाले फिफा अध्यक्ष पदमा इन्फान्टिनो यथावत रहने
२०८३ साउन २६ गते मंगलवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
देशभर मनसुनी वायुको प्रभाव : यी प्रदेशमा भारी वर्षा हुने पूर्वानुमान
२०८३ साउन २७ गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
सुनको मूल्य एकैदिन प्रतितोला ८ हजार रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



