• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२३ बैशाख २०८३, बुधबार
२३ बैशाख २०८३, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
  • ६ घण्टा 

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
  • ६ घण्टा 

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव
  • १० घण्टा 

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा
  • ११ घण्टा 

ट्राफिक कारबाहीबाट एकैदिन २६ लाख ६० हजार राजस्व सङ्कलन
  • १३ घण्टा 

सर्वोत्तम पेन्ट्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
  • १३ घण्टा 

किष्ट किड्नी ट्रान्सप्लान्ट सेन्टरद्वारा २०० सफल मिर्गौला प्रत्यारोपण
  • १४ घण्टा 

देशभर पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको प्रभाव : यी स्थानमा वर्षा र चट्याङको सम्भावना
  • १५ घण्टा 

आज तेस्रो प्रदेश भाषा दिवस, प्रदेशभर सार्वजनिक बिदा
  • १५ घण्टा 

लोकप्रिय समाचार

  • १. शहरी विकास मन्त्रालयद्वारा स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

  • २. एलजी वास टावरको विश्वव्यापी सफलता, ३.२ मिलियन बिक्री पार

  • ३. खाना पकाउने ग्यासको मूल्य बढ्यो

  • ४. कुनै पनि नागरिकलाई घरबारविहीन हुन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

  • ५. २०८३ वैशाख २४ गते बिहीबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मेची भन्सारद्वारा १३ अर्बभन्दा बढी राजश्व संकलन, लक्ष्यको करिब ७० प्रतिशत पूरा

  • ७. अप्रिल महिनामा १ लाख ७ हजार पर्यटक नेपाल भित्रिए

  • ८. ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन

  • ९. Smart Appliances and Whirlpool has Present partnership contract

  • १०. वीरगञ्जमा आयोजित नबिल नि:शुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन् ?

जानकारी केन्द्र २०७९, चैत्र, १५

बीबीसी । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह “फरार” भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन् । उनलाई नेपाल छोडेर “अन्यत्र जान नदिन” भारतले नेपाली पक्षलाई पत्राचार गरेको छ ।

नेपालको अध्यागमन विभागका एक अधिकारीले काठमाण्डूस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुन सक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको बीबीसीलाई बताए ।

विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले भने, “अध्यागमन अधिकारीहरू यस विषयमा सतर्क छन् । उनी बारे थाहा भएमा पक्राउ गरेर भारत पठाइनेछ ।”

उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन् । पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले आफूहरूलाई त्यस्तो कुनै आग्रह नआएको तर परिस्थितिका आधारमा “सीमामा प्रहरी सधैँ सजग रहने” बताएका छन् ।

पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ । पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन् ।

अभियोग
भारतमा अमृतपाल सिंहका बुवा तरसेम सिंहले छोराको ज्यान खतरामा रहेको बताएका छन् । पञ्जाब प्रहरीका एक प्रवक्ताका अनुसार ‘वारिस पञ्जाब दे’का कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ ।

उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ ।

पृथक्तावादी नेताका अनुयायी, उनकै जस्तो रूप
सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ । तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए ।

उनको लिङ्कड्इन प्रोफाइलमा सिंहले पञ्जाब विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको डिग्री लिएको उल्लेख छ । उनको लोकप्रियता लामो समयसम्म सामाजिक सञ्जालमा सीमित थियो ।

त्यहाँ व्यक्त उनका विचारमा सिख एकता र छुट्टै राज्यको भाव अभिव्यक्त हुन्थ्यो । गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए । अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे ।

दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए । पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो । नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए ।

त्यसको एक महिनापछि उनी ‘वारिस पञ्जाब दे’का प्रमुख नियुक्त भए । उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन् । उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो । अमृतपाल सिंह पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन् । सिंहको भाषणमा जरनेल सिंह भिन्डरावाले र उनका कट्टरपन्थी विचारहरूको प्रतिबिम्ब झल्किन्छ ।

सन् १९८० को दशकमा भिन्डरावालेलाई भारत सरकारले अलग्गै सिख राज्यका लागि सशस्त्र विद्रोहको नेतृत्व गरेको आरोप लगाएको थियो । उनी सन् १९८४ मा भारतीय सेनाको विवादास्पद ‘अपरेशन ब्लू स्टार’मा मारिएका थिए ।

‘पृथक्तावादी अभियान’
अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै राज्यको लागि आह्वान गर्दै त्यो पानीको विवाद, लागुऔषधको दुर्व्यसनदेखि पञ्जाबी संस्कृतिमा देखा परेको क्षयजस्ता पञ्जाबमा विद्यमान समस्याहरूको एक मात्र “स्थायी समाधान” भएको दाबी गर्दै आएका छन् ।

सिंहका समर्थकहरूले गत महिना हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो । अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए ।

आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए । प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो ।

धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो । उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ । भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो ।

विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए । प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए । पञ्जाबमा अझै त्यस हिंसाको त्रास पाइन्छ ।

खालिस्तान अभियान अहिले कहाँ छ ?
गुरु नानकको जन्मस्थल ननकाना साहिब वर्तमान पाकिस्तानमा छ । यो क्षेत्र विभाजन अघिको भारतको एक हिस्सा थियो । त्यसैले यसलाई सिखहरूको मातृभूमि मानिन्छ । भारतमा सिख विद्रोह वा सशस्त्र सङ्घर्षको अवधि सन् १९९५ मा समाप्त भयो ।

पछिल्लो समय अकाली दलका सांसद सिमरनजित सिंह मान र दल खालसाले लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले यो माग गर्दै आएका छन् । भारतबाहिर अमेरिकाबाट काम गर्ने संस्था ‘सिख फर जस्टिस’ले पनि खालिस्तानको माग गरेको छ । यद्यपि यी सबै सङ्गठनहरूलाई भारतीय पञ्जाबमा सीमित समर्थन मात्र छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू
समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?
नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

ताजा

पाल इन्जिनियरिङ कलेज र नेक्स्ट एआई विच एमओयू

समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नाम सार्वजनिक, कुन-कुन परे ?

नेपालमा स्मार्ट जीवनशैलीको नयाँ आयाम : सिजी डिजिटलले बदल्दै किनमेल अनुभव

विभिन्न स्थानमा पहिरो, कतै यातायात ठप्प त कतै एकतर्फी सञ्चालनमा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.