• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        सोमबार, पुष ०७, २०८२
सोमबार, पुष ०७, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

यस्तो छ आज तरकारी तथा फलफूलको मूल्य

महोत्तरीमा बाक्लो हुस्सु र चिसो बतास, जनजीवन कष्टकर

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

कुन बार जन्मिएका मानिसको स्वभाव कस्तो हुन्छ ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ४. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ५. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन् ?

बीबीसी । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह “फरार” भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन् । उनलाई नेपाल छोडेर “अन्यत्र जान नदिन” भारतले नेपाली पक्षलाई पत्राचार गरेको छ ।

नेपालको अध्यागमन विभागका एक अधिकारीले काठमाण्डूस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुन सक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको बीबीसीलाई बताए ।

विभागका सूचना अधिकारी कमलप्रसाद पाण्डेले भने, “अध्यागमन अधिकारीहरू यस विषयमा सतर्क छन् । उनी बारे थाहा भएमा पक्राउ गरेर भारत पठाइनेछ ।”

उनन्तीस वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन् । पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो ।

नेपाल प्रहरीका प्रवक्ता पोषराज पोखरेलले आफूहरूलाई त्यस्तो कुनै आग्रह नआएको तर परिस्थितिका आधारमा “सीमामा प्रहरी सधैँ सजग रहने” बताएका छन् ।

पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ । पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन् ।

अभियोग
भारतमा अमृतपाल सिंहका बुवा तरसेम सिंहले छोराको ज्यान खतरामा रहेको बताएका छन् । पञ्जाब प्रहरीका एक प्रवक्ताका अनुसार ‘वारिस पञ्जाब दे’का कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ ।

उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ ।

पृथक्तावादी नेताका अनुयायी, उनकै जस्तो रूप
सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ । तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए ।

उनको लिङ्कड्इन प्रोफाइलमा सिंहले पञ्जाब विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको डिग्री लिएको उल्लेख छ । उनको लोकप्रियता लामो समयसम्म सामाजिक सञ्जालमा सीमित थियो ।

त्यहाँ व्यक्त उनका विचारमा सिख एकता र छुट्टै राज्यको भाव अभिव्यक्त हुन्थ्यो । गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए । अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे ।

दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए । पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो । नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए ।

त्यसको एक महिनापछि उनी ‘वारिस पञ्जाब दे’का प्रमुख नियुक्त भए । उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन् । उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए ।

गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो । अमृतपाल सिंह पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन् । सिंहको भाषणमा जरनेल सिंह भिन्डरावाले र उनका कट्टरपन्थी विचारहरूको प्रतिबिम्ब झल्किन्छ ।

सन् १९८० को दशकमा भिन्डरावालेलाई भारत सरकारले अलग्गै सिख राज्यका लागि सशस्त्र विद्रोहको नेतृत्व गरेको आरोप लगाएको थियो । उनी सन् १९८४ मा भारतीय सेनाको विवादास्पद ‘अपरेशन ब्लू स्टार’मा मारिएका थिए ।

‘पृथक्तावादी अभियान’
अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै राज्यको लागि आह्वान गर्दै त्यो पानीको विवाद, लागुऔषधको दुर्व्यसनदेखि पञ्जाबी संस्कृतिमा देखा परेको क्षयजस्ता पञ्जाबमा विद्यमान समस्याहरूको एक मात्र “स्थायी समाधान” भएको दाबी गर्दै आएका छन् ।

सिंहका समर्थकहरूले गत महिना हिरासतमा रहेका उनका सहयोगीको रिहाइ माग गर्दै एक प्रहरी चौकीमा धावा बोल्दा त्यहाँ हिंसा भड्किएको थियो । अनियन्त्रित भिडमा रहेका क्रुद्ध मानिसहरूमध्ये धेरैले बन्दुक र तरबार बोकेका थिए ।

आफ्ना साथी रिहा हुने सुनिश्चित भएपछि मात्र त्यहाँबाट बाहिरिएका थिए । प्रहरी अधिकारीहरूले पछि दाबी गरेअनुसार उनीहरूले सिखहरूको पवित्र ग्रन्थ ‘गुरुग्रन्थ साहिब’लाई ढालका रूपमा प्रयोग गरेका कारण भिड नियन्त्रण गर्न कठिन भएको थियो ।

धेरैलाई चिन्तित पारेको अर्को विषय अमृतपाल सिंहको रूप पनि हो । उनको हाउभाउ र रूप अहिले जरनेल सिंह भिन्डरावालेको जस्तै देखिन्छ । भिन्डारेवालेको नेतृत्वमा झन्डै एक दशक चलेको विद्रोहका क्रममा हजारौँ मानिसहरूको मृत्यु भएको थियो ।

विद्रोहीहरूले मुख्य नेताहरूदेखि साधारण मानिसहरूलाई पनि निसाना बनाएका थिए । प्रहरी कारबाहीमा कैयौँ सिख युवाहरू समेत मारिए । पञ्जाबमा अझै त्यस हिंसाको त्रास पाइन्छ ।

खालिस्तान अभियान अहिले कहाँ छ ?
गुरु नानकको जन्मस्थल ननकाना साहिब वर्तमान पाकिस्तानमा छ । यो क्षेत्र विभाजन अघिको भारतको एक हिस्सा थियो । त्यसैले यसलाई सिखहरूको मातृभूमि मानिन्छ । भारतमा सिख विद्रोह वा सशस्त्र सङ्घर्षको अवधि सन् १९९५ मा समाप्त भयो ।

पछिल्लो समय अकाली दलका सांसद सिमरनजित सिंह मान र दल खालसाले लोकतान्त्रिक र शान्तिपूर्ण तरिकाले यो माग गर्दै आएका छन् । भारतबाहिर अमेरिकाबाट काम गर्ने संस्था ‘सिख फर जस्टिस’ले पनि खालिस्तानको माग गरेको छ । यद्यपि यी सबै सङ्गठनहरूलाई भारतीय पञ्जाबमा सीमित समर्थन मात्र छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    ताजा

    २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 

    पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’

    टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • प्रतिनिधिसभा निर्वाचनमा मतदाता १० लाखभन्दा बढीले वृद्धि, दलको संख्या कति पुग्यो ? 
    • पुष्प खेतीमा आधुनिकता : ग्लोबल आइएमई बैंकले दिने भयो ‘हरितगृह कर्जा’
    • टी–२० विश्वकपको तयारीका लागि २४ खेलाडीको नाम सार्वजनिक
    • सुनचाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, कतिमा हुँदैछ कारोबार ?

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.